सिरहा,कार्तिक ३० गते ।अहिले महाधिवेशनको लहर चलिरहेको बेला सिरहामा पनि १० औं महाधिवेशनको लागि नेकपा एमालेले सिरहा जिल्लाले सर्वसहमतीबाट १६ जना प्रतिनिधि छनोट गरेको छ ।
अगामी मंसिर १० देखि १२ सम्म चल्ने महाधिवेशनको लागि जिल्लाको ४ निर्वाचन क्षेत्र बाट १४ र २ जना दलित प्रतिनिधी गरी १६ जना छनोट गरेको हो । निर्वाचन क्षेत्र नम्वर १ बाट ३, क्षेत्र नम्बर २ बाट ४, क्षेत्र नम्बर ३ बाट ४ र क्षेत्र नम्बर ४ वाट ३ जना प्रतिनिधी छनोट गरिएको नेकपा एमाले सिरहाले जनाएको छ ।
निर्वाचन क्षेत्र १ बाट राजेन्द्र चौधरी, रामशंकर यादव र सीता चौधरी, क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार यादव, रामइश्वर साह र निर्मला बाँस्तोला, क्षेत्र नम्वर ३ बाट जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला सचिव डा नविन यादव, पुष्पलाल पाख्रिन र पुर्व सभासद आशा यादव, क्षेत्र नम्बर ४ बाट रामपुकार साह, प्रदिप महासेठ र कल्याणी ढुङ्गाना सर्वसम्मत चयन भएका छन् ।
यस्तै समावेशी अन्तर्गत दलितबाट रामस्वरुप सदा र रामप्रित राम महादिवेशन प्रतिनिधी चयन भएको नेकपा एमाले सिरहा जिल्ला सचिव डा नविन यादवले जनाएका छन् ।




















