बारा,मंसिर ९ गते– बारा जिल्लामा बलात्कारका घटना बढ्दै गएका छन् । प्रत्येक महिना एक देखि चारवटा बलात्कारको घटना हुने गरेका छन् ।चालू आर्थिक बर्ष ०७८/७९ को साउनदेखि कात्र्तिक मसान्तसम्म १२ वटा वलात्कार तथा जबरजस्ती करणी उद्योगको आठ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।साउनमा ३, भदौमा ४, असोजमा ४ र कात्र्तिकमा एउटा वलात्कार भएको छ भने, साउनमा ५, भदौ, असोज र कात्तिकमा एक वटा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको बारा प्रहरीले जनाएको छ । प्रत्येक महिना एक देखि चार वटासम्म बलात्कारको घटना दर्ता हुने गरेको छ ।दर्ता भएका जबरजस्ती करणीका घटनामध्ये एक अप्राकृतिक मैथुनसँगै बाल यौन दुर
सिरहा,मंसिर ९ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिंदै आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको वताउनुभयो । बुधबार सिरहाको लहान आयोजित जिल्ला कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले कर्णाली प्रदेश लगायतका ठाउँमा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गाउँ गाउँबाट प्रवेश लहरको कारण एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली बनेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले आसन्न एमालेको महाधिवेशनमाथि टिप्पणी गर्दै अध्यक्ष नेपालले एमाले किसान मजदुर पार्टी भनिए
नवलपरासी,मंसिर ८ गते – (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका(१ सानो टाडीबाट करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोही ठाउँस्थित ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका(३ घर भएका २२ वर्षीय कुखाङ वाईवालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले शंका लागि उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो । कन्काई नगरपालिका–७ बिरिङबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही नगरपालिका–३ बस्ने २८ वर्षीय सुप्रकाश राईलाई मंगलबार
बाँके,मंसिर ८ गते – खजुरा गाउँपालिका(५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुले सोही गाउँपालिकास्थित उडारापुरमा गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
पर्वत,मंसिर१३ गते – वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । आचार्यले आफनो मोवाईलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सिरह,मंसिर ८ गते – हिउँदमा साढे तीन सय मेगावट विद्युत आयात हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले पुस, माघ, फागुन र चैतमा उक्त परिमाणमा बिजुली आयात हुन सक्ने अनुमान गरेको हो। पूर्ण जाडो सुरु भइनसकेकाले माग अनुसार विद्युतको आयात अनुमान भन्दा केही थपघट हुनसक्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले बताए। मंसिरसम्म आन्तरिक उत्पादनले बिजुलीको माग धान्ने भएपनि पुषदेखि आयात गर्नुपर्ने उनले बताए। आन्तरिक उत्पादनको जडित क्षमता २ हजार मेगावाटसम्म भएपनि हिउँदको ४ महिनामा उत्पादन एकतिहाइमा झर्ने गर्दछ। हिउँदमा आन्तरिक उत्पादन करिब साढे ६ सय मेगावाटमा सीमित हुने देखिएको छ। नदी प्रवाहमा आधार
सिरहा,मंसिर ८ गते – सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने भए पछि त्यसको प्रभाव सुनमा परेको हुन सक्ने महासंघको अनुमान छ । संकटमा परेको अर्थतन्त्र उकास्न पावेले लिएको रणनीतिको असर सुनमा परेको हुन सक्ने महासंघले जनाएको छ । यस्तै,
जनकपुरधाम,मंसिर ८ गते – गुडिरहेको गाडीबाट लडेर धनुषामा बुधबार एकजनाको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा गुडिरहेको विङ्गगरबाट लडेर एक १८ वर्षीया छात्राको मृत्यु भएको हो ।धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी पूजा कुमारी महतो बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा गहिरो
सिरहा,मंसिर ८ गते – नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ ।सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भइरहेको छ भने बाँकी पालिकामा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ । अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, गोलबजार नगरपालिकामा राजदेव साह ‘ लालबाबु’, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्यानपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत चयन गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यान
रौतहट,मंसिर ८ गते – शान्तिका लागि साझा अभियानको सहयोग र साथसाथ सिकाई संजालको आयोजनामा रौतहट जिल्लामा बाल विबाहको अवस्था र हाम्रो दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगाहपुरमा मंगलवार सम्पन्न भएको छ ।रौतहट जिल्लामा पछिल्लो समय देखि बढ्दै गएको बाल विबाह न्यूनीकरण गर्ने विषयमा सरोकारवाला बीच छलफल गरी कार्य योजना बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले रौतहटमा ३७ प्रतिशत बालविवाहको तथ्यांक रहेको बताउदै यसको नियन्त्रण गर्न आवश्यक रहेको जोड दिए । सचेतना तथा शिक्षाको कमीले समाजमा बाल विबाहको घटना बढ्दै गएक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.