सिरहा,मंसिर १० गते – काठमाण्डौको का.म.न.पा–८ तिलगंगा स्थित आँखा अस्पताल पछाडिबाट ३३ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटेको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको ।
पक्राउ परेका ब्यक्तिहरु
१. जि. सिन्धुली हरिहरपुर गा.पा.–४ घर भई हाल जि. काठमाण्डौ बानियाटार बस्ने बर्ष ५० को हेम कुमार श्रेष्ठ ।
२. जि.मकवानपुर गढी गा.पा–१ घर भई हाल जि. ललितपुर सानुगाँउ बस्ने नवीन भन्ने बर्ष ३९ को मंगल सिहं लो ।
३. जि. काठमाण्डौ टोखा न।पा(४ घर भई बस्ने बर्ष ३७ को ईक्रम श्रेष्ठ ।
४. जि.काभ्रे बनेपा न.पा.–४ घर भई हाल जि.भक्तपुर दुवाकोट बस्ने बर्ष ३१ को कार्साङ्ग लामा ।
५. जि. खोटाङ हलेसी न.पा.–६ घर भई हाल जि।काठमाण्डौ महाराजगंज बस्ने बर्ष २३ को घनश्याम आले मगर ।
६. जि.काठमाण्डौ का.म.न.पा–८ तिलगंगा घर भई बस्ने बर्ष ५१ को मदन पोडे ।
७. जि। खोटाङ हलेसी न.पा.–९ घर भई हाल जि।काठमाण्डौ चावहिल बस्ने बर्ष २० को जीवन थापा ।
८. जि. तनँहु भानू न.पा.–६ घर भई हाल जि।काठमाण्डौ सामाखुसी बस्ने बर्ष २५ को सुदिप थडराई ।
९. जि।काठमाण्डौ का.म.न.पा–१३ छाउनी घर भई बस्ने बर्ष ५३ को अनिल चरण श्रेष्ठ ।
१०. जि।काठमाण्डौ का.म.न.पा–१३ छाउनी घर भई बस्ने बर्ष ५१ को अनुप कुमार श्रेष्ठ ।
बरामद भएको सामानको बिवरण रक्तचन्दनको सुगन्धित तेल ३३ लिटर




















