काठमाडौं,मंसिर १० गते –  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नर्ता पूर्वकेन्द्रीय मन्त्री डा. हर्षवर्द्धन र भाजपाका राष्ट्रीय सचिव हरिश द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको छ। नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेपाल आएका नेताहरुले शुक्रबार प्रधानमन्त्री देउवसँग भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा  पछिल्लो  राजनीतिक अवस्था, दुई देशबीचको पारस्परिक सम्बन्धका बारेमा छलफल भएको जनाइएको  छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणमा भाजपाको तर्फबाट नेता द्वय नेपाल आएका हुन्।   एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजे नारायणी नदी किनारमा हुँदैछ। बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ