सिरहा,मंसिर ९ गते – भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो। भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो।नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई ट्रकहरु हस्तान्तरण गरेका हुन्। ट्रकहरु कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा प्रयोग गर्न सकिन्छ।रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीचको बलियो सम्बन्ध रहेको पुष्टि गर्ने भारतीय दूतावासले ज
पर्सा,मंसिर ९ गते – पर्सा प्रहरीले लागु औषधसहित २ वटा ट्रक तथा चार जनालाई पक्राउ गरेको छ ।ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा।३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लागुऔषध भेटिएपछि ट्रकसहित चारैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका(७का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिका(५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका(६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेका छन् । प्रहरीले एउटा ट्रकबाट कोरेक्स ५४ बोत्तल र अर्को ट्रकबाट कोरेक्स २२३ बोत्तल गर
सिरहा,मंसिर ९ गते – युएईमा भईरहेको आईसीसी महिला टी(३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ ।छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो। लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ ।दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३।३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुवै अविजित रहे । ओपनर
सिरहा,मंसिर ९ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। १०० ले घटेर रु। ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु। ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु। ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु। ९१ हजार ३०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। पाँचले बढेर रु। एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ
मोरङ्ग,मंसिर ९ गते –वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
सिरहा,मंसिर ९ गते –प्रदेश २ स्थित धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकाबाट ११ मोटरसाइकलसहित ११ लाख २२ हजार बराबरको तस्करी गर्न लागेको हरियो मटर प्रहरीले बरामद गरेको छ ।बुधबार दिउँसो धनुषा जिल्लाको मुखियापट्टीको वडा नम्बर ६ बहेडाबेलाबाट नेपालबाट भारत तर्फ अवैध रूपमा ११ वटा भारतीय तथा नेपाली मोटरसाइकलमा हरियो मटर ९२५ केजी० को ४९ बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ । प्रहरील
कञ्चनपुर,मंसिर ९ गते – भिमदत्त नगरपालिका(७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका(१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा,मंसिर ९ गते – जनकपुरधामको सबैभन्दा ठूलो र प्रमुख मानिने ‘रामजानकी विवाहपञ्चमी महोत्सव’ नजिकिँदै जाँदा जनकपुर नगर क्षेत्र फोहोरमय छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय लाखौं पर्यटकको आगमन हुने सो महोत्सवको तयारी जानकी मन्दिरमा महिना दिन अघिनै सुरु भइसकेको छ। तर, जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीका कारण नगरक्षेत्रमा ठाउँठाउँमा जथाभावी फोहोर थुपारिँदा नगरनै कुरुप भएको छ। कोरोना महामारीले पछिल्लो दुई वर्षदेखि महोत्सव खल्लो भएको थियो। तर, यस वर्ष धुमधामका साथ साताव्यापी भव्य आयोजन गरिने तयारीमा जानकी मन्दिर जुटेको छ। मंसिर १७ देखि महोत्सव सुरु हुने भए पनि यसको आयोजनका लागि नगरक्षेत्रको सरसफा
सिरहा,मंसिर ९ गते – जनगणनाकालागि खटिएको गणकको कार्य शैली विवादित बनेको छ । जनगणना सकिएपनि घरमा गणक नआएको, गणकले आफूखुशी गणना गरेको, घरमुलीसंग जानकारी नै नलिइ आफू अनुकुल घरमा गइ गणना पुस्तिका भर्ने गरेको र धर्म तथा भाषामा मनपरी गरेको पाइएको छ । घरमा पुगेर संकलन गर्नु पर्ने तथ्य गणकले आफूखुशी गर्दा जनगणनाको औचित्यमाथि नै प्रश्न तेर्सिन थालेको छ । गणकले गणना फारममा उल्लेख भएका सबै सवाल सोधेर जवाफ लेख्नु पर्ने प्रावधान रहेपनि भाषा बारे प्रश्न नै नगरी आफू अनुकुल जवाफ भर्ने गरेको पाइएको छ ।गणना पुस्तिकामा सीसाकलमको प्रयोग गरेर जवाफ लेखिएको समेत पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारमा मंगल
सिरहा,मंसिर ९ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको शुभकामना दिँदै महिला आत्मनिर्भर भए आत्मनिर्भर भए हिंसा कम हुनसक्ने बताएकी हुन्।उनले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। ‘समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.