सिरह,मंसिर १९ गते – शसस्त्र प्रहरीले तयारी अवस्थामा रहेको एक सय किलो गांजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआईजी गणेश वहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा खटेको टोलीले गाँजा सहित महोत्तरीबाट मानिसलाई नियन्त्रणमा लिएको हो । जिल्लाको एकडारा गाउंपालिका– गेना बथनाहाको धानखेतको बाटोबाट तीन जनालाई गांजा सहित पक्राउ गरिएको हो । एकडारा गाउंपालिका–६० वर्षीय राम खेलावन मण्डल र जलेश्वर नगरपालिका–७ का ५० वर्षीय सुरेश यादवलाई गांजा सहित शुक्रबार अबेर राती पक्राउ गरिएको जानकारी शसस्त्र प्रहरी बलका एसपी सुरेश सापकोटाले जानकारी दिए । थप एक जनालाई
सिरहा,मंसिर १९ गते – राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट वेदकुमार ढकालका अनुसार गणनाका लागि दक्ष प्राविधिकको १३ वटा टोली बनाएर शनिबारै फिल्डमा खटाइसकिएको छ । दक्ष प्राविधिक १२० जनालाई बाघ गणनासम्बन्धी विशेष प्रशिक्षण दिइएको छ ।आइतबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्या
सिरहा,मंसिर १९ गते – जटही–जनकपुरधाम–ढल्केबर आयोजना अन्तिम चरणमा पुगेको छ। पूर्व–पश्चिम राजमार्ग दक्षिण दुई लेनको सडकले धान्न नसक्ने भन्दै यो सडकखण्ड ६ लेनमा विस्तार गरिएको हो। भारतीय नाकाहरूमा सवारी चाप बढेपछि सरकारले यसलाई व्यापारिक मार्ग विस्तारको आयोजनाअन्तर्गत अघि बढाएको थियो। सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको सडक विभाग जनकपुरका प्रमुख रामटहल यादवले बताए। ४० मध्ये ३२।५ किमीसडक कालोपत्रे भइसकेको छ। केही पुल निर्माणाधीन छन्। यो आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्छ। सडक व्यापारिक क्षेत्रमा ५० र गाउँघरमा ३७।५ मिटर चौडा यादवले
सिरहा,मंसिर १९ गते –सप्तरीको रुपनी गाउँपालिकाका स्थानियहरु द्वारा धर्णा र गाउँपालिका मेन गेटमा ताला बन्दी गरेका छन।रुपनी गा।पा स्थित रुपनी हटिया जाने बाटोलाई गा।पा अध्यक्षका अफ्नतले सार्वजनिक बाटो लाई घेर बार लगाए पछि स्थानियहरुले गा।पामा तालाबन्दि र धर्णा बसेको के छ खबरलाई जान्कारी गराएको हो । बिगत देखिनै गा।पामा विभिन्न समस्याहरु उतपन्न हुँदै जादा गा।पा अध्यक्षले कुनै चासो न राखेको भन्दै आफुहरु बाध्य आन्दोलनमा उत्रेको बताए। आफ्ना माग पूरा न हुनजेल धर्णामा बसिरहने समेत जानकारी गराए
विराटनगर,मंसिर १८ गते – मोरङको जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जना नाबालकको मृत्यु भएको छ । खोलामा डुबेर दिलीप यादवका ३ वर्षीय छोरा रीतिकुमार साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार रीतिकुमार घरदेखि लगभग ७ मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरुसँग खेल्न गएको खुलेको छ । खेल्ने क्रममा शुक्रबार साँझतिर खोलामा डुबेर नाबालकको मृत्यु भएको श्रेष्ठले बताए । उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
सिरहा,मंसिर १८ गते –जनकपुरधाम स् रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि सुरु भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन आज नगर दर्शन रहेको छ ।नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर घुमाइन्छ ।आज जानकी मन्दिर प्रांगणमा यो कार्यक्रम आयोजन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्द छ ।र्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गर्दछन् । आजदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । भोलि शनिबार फूलबारी लीला, मंस
सिरहा,मंसिर १८ गते – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ् क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ् कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिनुभयो । प
सिरह,मंसिर १८ गते – १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु हुँदैछ। सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो। उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए। २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो। तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित बनेको
सिरहा,मंसिर १८ गते – जल तथा मौसम विज्ञान विभागले तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जवाद नामको सामुन्द्रिक चक्रवात र पश्चिमी न्यून चापिय प्रणालीले वर्षा र भारी हिमपातको सम्भावना रहेको जनाएको छ।जारी बुलेटिनमा भनिएको छ,‘बंगालको खाडीको मध्य पश्चिम भु(भागमा शुक्रबारबाट जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। चक्रवात शनिबार बिहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्वतर्फ सर्ने देखिएको छ।’ चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेतापनि यसको अप्रत्यक्ष प्रभावले शनिबार रातीबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्र
सिरहा,मंसिर १८ गते – सूर्यग्रहण लाग्दै छ । पञ्चाङका अनुसार यो सूर्य ग्रहण मार्गशीर्ष मासको अमावश्याका दिन लाग्न गइरहेको छ । यो ग्रहण वृश्चिक राशि तथा ज्येष्ठा नक्षत्रमा लाग्नेछ । यो अंग्रेजी वर्ष २०२१ को अन्तिम ग्रहण हो ।यो सूर्यग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका तथा एटलान्टिकको दक्षिणी भागबाट मात्र देखिनेछ । यो ग्रहण नेपालमा नदेखिने हुँदा यसको सूतक बारिरहनु पर्दैन । सूर्यग्रहणको समय २०२१ को पहिलो सूर्यग्रहण जेठ २७ गते बिहीबार ९१० जुन० मा लागेको थियो । आज ९शनिबार० लाग्ने यो सूर्य ग्रहण अंग्रेजी वर्ष २०२१ को दोस्रो सूर्यग्रहण हो । यो ग्रहण नेपाली समयअनुसार बिहान ११स्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.