सिरहा,मंसिर २१ गते – बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा सोमबार साँझ दुर्घटना दुर्घटना भएको थियो ।

सोही दिन नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २०वर्षया मनिषा विक, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् । प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको थियो । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । विष्णु भट्टराई, दीपक भट्टराई, गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ