सिरहा,मंसिर २१  गते – काठमाण्डौको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई तपसिलमा उल्लेखित ठेगाना भएका मिलन जोशी,रबिन्द्र बस्नेत समेतले हामीहरु यस एरियाका दादा हौं भन्दै हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति रु २५,०००।–(पच्चीस हजार मात्र) का

दरले कमिसशन दिनु पर्छ,नत्र मेनपावर चलाउन दिदेनौ भनि हाल सम्म ९०,२५,०००।–(नब्बे लाख पच्चीस हजार मात्र) रकम लिएको प्रमाण समेत पेश हुन आएको र हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा निजहरुले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएकोमा

मिति २०७८।०८।१६ गते निजहरु मेनपावर कम्पनिमा आई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गरेकोमा सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेको भन्ने सूचनाको आधारमा उक्त कार्यमा संलग्न मिलन जोशी र रविन्द्र बस्नेतलाई मिति २०७८/०८र१९ गते अ. १५:०० बजेको समयमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले जिल्ला काठमाण्डौ स्थित मित्रपार्कबाट निम्न व्यक्तिहरुलाई पक्राउ गरी

आवश्यक कारबाहीको लागि “आपराधिक लाभ लिएको कसुर (extortion) मुद्दामा  महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको। साथै निजहरुले अन्य मेनपावर व्यसायीहरुसँग समेत रकम असुल गरेको भन्ने सुचनाको अधारका  पक्राउ परेको व्यक्तिको मिलन जोशी ४० बर्षया काठमाण्डौ का.म.न.पा. –०७ गगाँहिटि हालः का.जि. सुकेधारा अर्को   रबिन्द्र बस्नेत,  ३५ वर्षया स्थायी वतन जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं. ५ माटी हाल – जिल्ला काठमान्डौ का.म.न.पा– ४,बालुवाटार सम्बन्धमा थप अनुसन्धान भईरहेको