X wada

मुख्य समाचार

    Showing २,४११-२,४२० of २,९७२ items.
  • सुनको भाउ गिराबट

    सिरहा,मंसिर २१ गते –सुन चाँदीको भाउ आज सामान्य घटेको छ । तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १२० पटक पढिएको
  • कार्गो रेल सञ्चालन गर्न पहल

    बिराटनगर,मंसिर २१ गते – भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी ९आईसीपी०स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरसरकारी समन्वयको काम थालेको छ ।मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिनुभयो । आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावक

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • ११८ पटक पढिएको
  • सामूहिक बलात्कार प्रकरण : १० जनालाई १३ वर्ष कैद

    परासी,मंसिर २१ गते – सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ । घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । जबरजस्ती करणी ठहर भएमा ७ देखि १० वर्ष र सामूहिक ठहर भएमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताए ।घटनामा संलग्न १० मध्ये ९ ज

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १४२ पटक पढिएको
  • प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

    सिरहा,मंसिर २१ गते – सप्तरीकोबोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका–३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै प्रहरी कर्मचारीमाथि हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १२० पटक पढिएको
  • चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

    सिरह,मंसिर २१ गते – झापाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईलाम सूर्योदय नगरपालिका–९ बस्ने २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका–८ बस्ने २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका(३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन् । झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रमाम ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको मे.६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १४३ पटक पढिएको
  • पुरुषको शाव फेला

    सिरहा,मंसिर २१ गते – जलेश्वरको नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामसृष्ठ यादव मृत फेला परेका हुन् ।उनी एकडारा गाउपालिका ५ गेना बथनाहामा रहेको ईटा भट्टा नजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।उनको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनको मृत्यु, हत्या वा दुर्घटना के हो भन्ने अहिले खुलिनसकेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने प्रहरीले बताए । गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी भैर

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • २६० पटक पढिएको
  • गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोह पक्राउ

    सिरहा,मंसिर २१  गते – काठमाण्डौको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई तपसिलमा उल्लेखित ठेगाना भएका मिलन जोशी,रबिन्द्र बस्नेत समेतले हामीहरु यस एरियाका दादा हौं भन्दै हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति रु २५,०००।–(पच्चीस हजार मात्र) का दरले कमिसशन दिनु पर्छ,नत्र मेनपावर चलाउन दिदेनौ भनि हाल सम्म ९०,२५,०००।–(नब्बे लाख पच्चीस हजार मात्र) रकम लिएको प्रमाण समेत पेश हुन आएको र हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा निजहरुले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएको

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १३२ पटक पढिएको
  • ६ ओटा जिल्ला 'कोभिड फ्रि' काठमान्डौ र ललितपुर अझै रेड जोनमा

    सिरहा,मंसिर २१ गते – नेपालका छवटा जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्य भएको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी ५०० सम्म छ भने काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः ५९८ र ५५३ छन् । सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ । नेपालमा अहिले संक्रमणदर १७।

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १४६ पटक पढिएको
  • परिवार नियोजनको अस्थायी साधन बन्दै सुरक्षित गर्भ पतन सेवा

    सिरहा,मंसिर २१ गते –डोटीको सायल गाउँपालिका–३ की महिला स्वास्थ्य स्वयमसेविका गंगा रावलको भन्छिन्, ‘तीन महिने डिपो लाउनुभन्दा त फाल्नु सजिलो भन्छन्, परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्नै मान्दैनन् । तीनरतीन पटकसम्म पनि गर्भ पतन गराउँछन् महिलाहरु ।’ पटकरपटक गर्भ पतन गराएमा स्वास्थ्य समस्या आउने कुरा आफूले जानकारी गराउँदा पनि महिलाहरूले नमान्ने गरेको उनको भनाइ छ ।सरकारले सुरक्षित गर्भ पतन सेवालाई वैधानिकता दिनु राम्रो भएको बताउँछिन् सायल गाउँपालिका–५ कि गोमा बोगटी । उनी भन्छिन्, ‘पहिले जडीबुटीको प्रयोग गरेर बलपूर्वक गर्भ पतन गराउँथे र त्यस्तोमा महिलाको ज्यान पनि जान्थ्यो तर अचेल सुरक्षित रु

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १७५ पटक पढिएको
  • धनुषामा भेरोसेल खोप एक लाखलाई दिने

    सिरहा,मंसिर २१ गते – जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको जानकारी दिएको छ । कोरोना विरुद्धको खोप प्रत्येक पालिकामा रहेको खोप केन्द्रमार्फत लगाइने र  धनुषा जिल्लामा ६ सय ३१ वटा खोप केन्द्रहरु  रहेका छन् । एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालित रहेको छ । जिल्लाका १ सय ६९ वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको  खोप अधिकृत यादवले  बताए ।जनकपुरधाममा जिल्ला स्वास्थ्य कार्यालय धनुषाले पत्रकार अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै यस्

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२