बुटवल,मंसिर २४ गते – दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा. १ च. ३८५ नम्बरको बोलेरो जिपले घोराहीबाट तुलसीपुर जाँदै गरेको रा. ४ प. ४०२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए