काठमाडौं,मंसिर २७ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानमा ८ सय बढी मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म ८७८ मत खसेको हो।बिहान ८ बजेदेखि मतदानको समय तोकिएपछि तीन घन्टा ढिला सुरु भएको थियो। भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ। एउटै मतदातालाई एक घन्टासम्म समय लागेको प्रतिनिधिहरुले बताएका छन्। कांग्रेसको जारी महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।
१६ महीनामा १८ कैदीको शंकास्पद मृत्युसिरहा,मंसिर २७ गते । जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका थिएनन् । कात्तिक २५ गते मध्यरातमा बिरामी परे भनियो, सोही रात कोशी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरे ।२०७८ भदौ तेस्रो सातायता गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर आउन दिने र नदिने समूहबीच कारागारभित्र विवाद थियो । खड्का ल्याउन नदिने ग्रुपमा थिए । मृत्युअघि कारागारभित्र उनीमाथि कुटपिट भएको हल्ला कैदी बन्दीले सुनेका थिए । तर, उनको
सिरहा,मंसिर २६ गते – राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुग्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला आइपुग्नुभएको हो । उहाँ प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहनुभएको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो । “राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शु
सिरहा,मंसिर २६ गते – सप्तरीको छिन्नमस्ता गाउंपालिका–४ लालापट्टीमा चौपायामा खोरेत रोगको प्रकोप सुरु भएको छ । एक साता यतादेखि सो गाउंका एक सय भन्दा बढी पशु चौपाया खोरेत रोगको कारण मरेका छन् । चौपायाको मुखमा घाउ हुने, ¥याल बग्ने, खुट्टामा घाउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले एक सय भन्दा बढी चौपाया मरेको पशुपालक किसानहरुले जनाएका छन् । सो गाउंका वासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका सय भन्दा बढी गाई, भंैसी, बाख्रा र बोकाहरु उक्त रोगको प्रकोपबाट मरेको हो । पशु
सिरहा,मंसिर २६ गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । सरकारले आव २०७८÷७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको छ ।कृषि मन्त्रालयका प्रवक्ता डा। कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “तत्काल चाहिने मलमध्ये हामीलाई
सिरहा,मंसिर २६ गते – हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ रु भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ। एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ। तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो। त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन। हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै न
सिरहा,मंसिर २६ गते –सुनको भाउ आज फेरि बढेको छ ।आज तोलामा सुनको भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ
सिरहा,मंसिर २६ गते – मकवानपुरको मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका(७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरप
सिरहा,मंसिर २५ गते । धनगढीमाई न.पा.९ मुसर्हनियामा लोडरले किचेर एक बालकको मृत्यु भएको छ ।मुसर्हनियामा आज ई कञ्चनपुर कमला चार लेन सडक निमार्णमा खटिएका लोडरले किचेर स्थानिय संजिब मोक्तानका ९ वर्षीय छोरा सिधार्थ मोक्तानलाइृ लोडर ब्याक गर्ने क्रममा किचिएर मारेका प्रत्यक्ष दर्शीहरुले बताए ।ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डि.एस.पी. डा.तपन कुमार दहालले मृतक परिबार उचित क्षतीपूर्ति दिलाउने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता पश्चात पूर्व पश्चिम लोकमार्ग बन्द खुलेका थिए ।करिब ४ बजे बच्चा रोड छेउमा खेलिरहेको अबस्थामा गाडीले किचिएर मारेको प्रत्यक्षदर्शीहरूकाे कथन रहेकेा छ । घटन
लहान,मंसिर२५ गते । सिरहाको लहानमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको प्रदेश २ का महासचिव अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।सम्पन्न अधिवेशनबाट १३ जनाको कार्यसमिती सर्वसहमतिले चयन गरेको छ ।कार्य समितीको अध्यक्षमा सत्यनारायण चौधरी,उपाध्यक्षमा जितेन्द्र सिंह दनुवार,सचिवमा अनिल कुमार चौधरी,सह सचिवमा ममता कुमारी चौधरी,कोसाध्यक्षमा अनुभक्त चौधरी लगायत १३ जनाको कार्यसमिती चयन गरेको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको जिल्ला अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.