काठमाडौं,मंसिर २८ गते – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनको प्रक्रिया अन्तर्गत पहिलो चरणमा सभापतिमा तेस्रो स्थान हासिल गर्नुभएको नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ ।
काँग्रेसको पहिलो चरणमा प्रथम स्थान प्राप्त गर्नुभएका प्रधानमन्त्री देउवा मंगलबार विहान छलफलका लागि सिंह निवास चाक्सिबारीमा पुग्नुभएको थियो । छलफलपश्चात् सञ्चारकर्मीसँग बोल्नुहुँदै सिंहले आफू पक्षको समर्थन देउवालाई रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेता सिंहलाई सदिच्छाका लागि धन्यवाद दिनुभएको छ ।




















