सप्तरी,मंसिर २८ गते । सप्तरीको महादेव गाउँपालिका १ स्थित दुई विद्यालयमा भवन निर्माण गर्नका लागि मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषबाट निर्माण गर्न लागेको विद्यालको भवन निर्माणमा मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको उनीहरुले आरोप लगाएका हुन् ।नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा ८० लाखको ४ कोठे भवन निर्माण उपभोक्ता समितिको सूचना स्थानीय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नातागोता पार्टीका कार्यकर्तालगायतलाई राखेर बनाउने गरि
सिरहा,मंसिर २८ गते – सनातन धर्मको मुख्य धार्मिक ग्रन्थ गीता रचना भएको दिनको स्मरणमा मंगलबार गीता जयन्ती मनाइँदैछ । महाभारत युद्धको समयमा विष्णुका आठौं अवतारको रुपमा रहेका श्रीकृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा दिएको संग्रहित ज्ञानलाई श्रीमद् भागवत गीताको रुपमा चिनिन्छ ।यसमा मान्छेलाई मुक्तिको लागि कर्मयोग, ज्ञान योग र भक्तियोगको बाटो देखाइएको छ । अहिले पनि व्यावहारिक ज्ञानको संगालोको रुपमा मानिने यो पुस्तक अहिलेसम्म विश्वका ८० वटाभन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।केही वर्षदेखि यो महत्वपूर्ण शास्त्र गीता लोप नहोस् भन्नको लागि पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी यही दिन गीता जयन्ती म
काठमाडौं,मंसिर २८ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’साथै दोस्रो चरणको मतदानबाट आफू व
काठमाडौं,मंसिर २८ गते – तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिवेदन अघि बढेको रेल विभागले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंलाई भारतको रक्सौलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी छ । अक्टोबर महिनामा सम्झौता भएपछि नै भारतीय पक्ष आएर अध्ययनमा लागेको विभगका महानिर्देशक दीपकुमार भट्टराइले बताउनुभयो । अहिले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उहाँले भन्नुभयो, “उनीहरुले त्यो समयभन्दा चाँडो सक्छौँ भनिररहेका छन् ।”भारतीय पक्षले सन्
उदयपुर,मंसिर २८ गते – उदयपुर प्रहरीले प्रतिवन्धित २४ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटीएको गस्तिटोलीले कटारी नगरपालिका ६ बैधनाथ खोला र तावा खोलाको दोभानमा वेवारिसे गाँजा नियन्त्रणमा लिएको हो । गाँजा कस्ले छोडेको र कहाँबाट ल्याएको हो भन्ने एकिन नभएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उदयपुरको ताप्लि गाउँपालिका गाँजा उत्पादनको उर्वर क्षेत्र मानिन्छ । बर्सेनि त्यस क्षेत्रमा प्रहरीले महिना दिन लगाएर गाँजा फडाँनी गर्दै आएको छ । सुरक्षा स्रोतका अनुसार ताप्लि गाउँपालिका आसपासकै क्षेत्रबाट गाँजा बिक्रीक
काठमाडौं,मंसिर २८ गते – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनको प्रक्रिया अन्तर्गत पहिलो चरणमा सभापतिमा तेस्रो स्थान हासिल गर्नुभएको नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ ।काँग्रेसको पहिलो चरणमा प्रथम स्थान प्राप्त गर्नुभएका प्रधानमन्त्री देउवा मंगलबार विहान छलफलका लागि सिंह निवास चाक्सिबारीमा पुग्नुभएको थियो । छलफलपश्चात् सञ्चारकर्मीसँग बोल्नुहुँदै सिंहले आफू पक्षको समर्थन देउवालाई रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेता सिंहलाई सदिच्छाका लागि धन्यवाद दिनुभएको छ ।
सिरहा,मंसिर २८ गते – सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट ९ सय एम्पुल नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षीय राजेश कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३–०२–०३१ प. २७८१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही उप
सिरहा,मंसिर २८ गते – गते – सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का अधिकांश जनता कृषिमै निर्भर भएकाले दक्ष जनशक्ति उत्पादनका साथ साथै कृषिमा आधुनिकीकरण गर्नुपर्ने अहिले आवश्यकता औंल्याएका छन् ।सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालय कार्यालयको उद्घाटन गर्दै उनले विश्वविद्यालयको स्थापनाले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताए । कृषि विश्व विद्यालयको निर्माण योजना सुरु भएर बीचमै रोकिने चिन्ता धेरैलाई हुने गरेको चर्चा गर्दै उनले भने,‘धेरै योजनाको सुरुवात हुन्छ र त्यसको अन्तको ठेगान हुंदैन तर यो विश्ववि
रौतहट,मंसिर २८ गते – जिल्लाको राजदेवी नगरपालिका–४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।विद्यालयले नियम विपरित विभिन्न बहाना बनाएर नियमावली विपरित चर्को शुल्क उठाएको भन्दै ११ सुत्रीय माग अघि सार्दै विद्यार्थीहरु विरोधमा उत्रेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि शुल्क नलिन प्रतिबन्ध लगाए पनि त्यस व्यवस्थाको उलंघन गर्दै विद्यालयका प्रध्यानाध्यापक प्रभाष ठाकुरले शुल्क लिने गरेको विद्यार्थीहरुको आरोप छ । नगरपालिकाको मातहतमा विद्य
राजविराज,मंसिर २८ गते – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सोमबार राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको उद्घाटन गरी बाहिरिइरहेका थिए। राजविराज नगरपालिका–११ फर्सेठका ६५ वर्षीय रामप्रसाद यादवले मुख्यमन्त्री राउतको हात च्याप्पै समातेर भने, ‘एक बोरा खाद (मल) उपलब्ध गराई देऊ सरकार।’ यादवले गहुँ छर्ने समयमा रासायनिक मल नपाएको गुनासो गरे। किसानको प्रतिनिधि आवाज बोलेका यादवले सरकारको ध्यानाकर्षण गराए। सप्तरीलाई कृषि शिक्षाको हब बनाउने, समृद्धि ल्याउने, बेरोजगारी अन्त्य गर्ने र आत्मनिर्भर बनाउने सपना बाँडेर मञ्चबाट ओर्लेका मुख्यमन्त्री राउत ‘हुन्छ, हुन्छ’ गाडीभित्र पसे। वृद्धको हात मुस्किलले म
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.