X wada

मुख्य समाचार

    Showing २,१९१-२,२०० of २,९७५ items.
  • अवैध लागूऔषध गाँजा सहित पक्राउ

    सिरहा,पुष १६ गते –  धनगढिमाई नगरपालिका– १३ गौशालाबाट १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित औरही गाउँपालिका– ५ बस्ने ६० वर्षीय जोगेन्द्र यादव र औरही गाउँपालिका– ३ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.५ प ३१४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको प्रहरीले  जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः पुस १६, २०७८
    • ११७ पटक पढिएको
  • मेलमिलाप दिवसको अवसरमा देउवा सुन्दरीजल जाने

    काठमाडौं,पुष १६ गते – प्रधानमन्त्री शेरबहादुर देउवा सुन्दरीजल जाने भएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम तय भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ आजकै दिन स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाउन थालेको हो। दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।सभापति देउवाले

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १२२ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,पुष १६ गते – सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा च

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १६६ पटक पढिएको
  • बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

    सिरहा, पुष १६ गते – पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका(५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छन् । स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो ।‘वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ ।’ सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भने, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो ,अहिले कहाँ जाने भन्ने समस्या परेको छ ।’ यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ । आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १५३ पटक पढिएको
  • सिरहाको गोलबजारमा आजदेखि गोल्ड कप शुरु

    अनुभक्त चौधरी, सिरहा, पुस १५ गते । सिरहाको गोलबजारमा आजदेखि प्रथम गोलबजार फुटबल गोल्ड कप शुरु भएको छ । सिरहा, सप्तरी, सिन्धुली, महोत्तरी, उदयपुर र धनुषा (६ जिल्ला) का आठ वटा टीमको सहभागिता रहेको उक्त गोल्ड कप पुस २३ गते सम्पन्न हुनेछ । राजदेवी युवा क्लव गोलबजारद्वारा संचालित फुटबल गोल्ड कप प्रतियोगीतामा प्रथम हुनेलाई एकाउन्न हजार नगद सहित शिल्ड प्रमाणपत्र तथा द्वितीय हुनेलाई ३१ हजार नगदसहित शिल्ड प्रमाणपत्र तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।आजको उद्घाटन खेल आयो गोर्खाली फुटबल क्लव महोत्तरी र गोलबजार प्रतिभा क्लव बीच भएको थियो । आजको खेलमा गोलबजार प्रतिभा क्लवलाई दुई गोलको विरुद्ध त

    • प्रकाशित मितिः पुस १५, २०७८
    • २०७ पटक पढिएको
  • हामीहरुलाई षड्यन्त्र गरेर पसाउन खोजेको आरोप

    सिरहा,पुस १५ गते ।ईलाका प्रहरी कार्यालय धनगढीमा घुस बढे शिर्षकमा विभिन्न मिडियामा प्रकाशित समाचार तथ्य हिन रहेको प्रहरी जवान द्वोयको कथन रहेको छ ।  आम चौकमा दुर्घटना हुदा उक्त गाडी नियन्त्रणमा लिएका थिए । उनका अनुसार हामी प्रहरी जवान द्वोय कुनै किसिमको रकम तथा घुस नलिएको पूर्वाञ्चल एक्सप्रेस अनलाईनलाई बताए । हामीहरु घुस लिएको कुनै प्रमण भेटिए कानून वमोजिम कारवाही भोग्न तयार रहेको  हामीलाई फसाउन यस्तो षड्यन्त्र रचेको हनु सक्ने बताए । उक्त मिडियामा भारतीय गाडी भन्सारमा नबुझाएर धनगढीमाई १३ भरलेनीका राजेन्द्र महतोको २७० नम्बरको मोटरसाईकल  ३० हजार लिएर प्रहरी छाडेको भन्ने समाचारमा यस

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १०९ पटक पढिएको
  • कुलोमा डुबेर मृत्यु

    सिरहा,पुष १५ गते –रौतहटको फतुवा विजयनगर नगरपालिका ६ मा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा फतुवा विजयपुर ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारी रहेका छन् । पानीमा डुबेर अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।३–४ दिनदेखि हराइरहेका अन्सारीको शव सडेको अवस्थामा भेटिएको विश्वकर्माले बताए । मृतक अन्सारीमा जाँडरक्सीको लत रहेको बताइएको छ । अन्सारीको कुलोमा लडेर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको तथा घटनाबारे थप अनुसन्धान भैरहेको इलाका

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १२१ पटक पढिएको
  • ४६ वर्षपछि पूरा भयो सपना ?

    उदयपुर,पुष १५ गते –  खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभावमा बाँझो खेत राख्न बाध्य उदयपुरको लिम्चुङबुङ गाउँपालिका(५ ढुकुरथुमबासीको सपना ४६ वर्षपछि पूरा भएको छ । सिँचाइका लागि २०३२ सालदेखि निरन्तर आवाज उठाउँदै आएका स्थानीयले यस वर्ष करिब डेढ करोडको लागतमा ढुकरथुम(जाँते सिँचाई आयोजना निर्माण भएसँगै खेतमा बाली लगाउन अब आकाशको भर टरेको छ । सिँचाइ योजनाका अध्यक्ष सुरेन्द्र राई भन्छन्, ‘२०३२ सालमा पहिलो पटक योजना पेश गरेकोमा, प्रकृया पुरा गर्दा गर्दै २०७१ सालबाट काम शुरु भयो । उनले थपे, ‘२०५२ सालमा तत्कालिन सिँचाइ डिभिजन कार्यालय उदयपुरका प्रमुख हरिप्रसाद चौलागाईले योजनाको कामलाई अघि बढाउँद

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६१ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढीयो

    सिरहा,पुष १५ गते – साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ 

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १२५ पटक पढिएको
  • चोरी गर्दै हिँड्ने समूहका ६ जना पक्राउ

    काठमाडौं,पुष १५ गते – प्रहरीले रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका(१२ बुद्धनगरबाट चोरी गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्‍ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्‍ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्‍ने ३६ वर्षीय राम बाघदास र भारत मोतिहारी घर भइ हाल टेकुमा कवाडी पसल सञ्‍चालन गर्दै आइरहेका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२