सिरहा,पुष १८ गते – पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने चुल्हाई साहको घरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले साहको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका साहको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















