सिरहा,पुष १८ गते – सिरहाको गोलबजारमा अज्ञात समुहले एक किराना पसलमा शनिवार राति आगो लगाएपछि लाखौंको समान जलेर नष्ट भएको छ ।

गोलबजार नगरपालिका ६ स्थित पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा अज्ञात समुहले आगो लगाएका हुन् । आगलागीबाट पसलमा रहेका रिचार्ज कार्ड, चाउचाउ, दालमोठ, मैदाको बोरा, गुटखा, चिनी र दाललगायतका समानहरु जलेर खरानी बनेको छ ।

पसलका संचालक सुनिता कुमारी साहले विहान पसल खोल्न पुगेपछि मात्र आगलगीबाट पसल जलेको थाहा पाएकी छन् । उनका अनुसार पसलमा लगाइएको ताला तोडिएको देखें । त्यसैले अज्ञात समुहले आगो लगाएको अनुमान छ ।