सिरहा,पुष १७ गते । प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी थालेको छ ।प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने, ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वितरण गर्ने छौँ ।’मन्त्री साहका अनुसार शीतलहरूबाट जोगिन पूर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ । यस प्रदेशका १५ प्र
सिरहा, पुष १६ गते – जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक एक ट्रकमा आगजनी गरेको छ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माँग राखी अनिश्चितकालिन बन्द घोषणा उलङ्घन गरेको भन्दै जनमतका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् । उनीहरुले किसानको आन्दोलनको नाममा आन्दोलनलाई उग्र बनाएको भन्दै टिक्काटिप्पनी हुन थालेको छ
काठमाडौं, पुष १६ गते – राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया पुस १७ गते अर्थात् शनिबारबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया भोलिबाट सुरु हुने जानकारी दिनुभयो । यसपछि पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने व्यहोरा आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदा
पोखरा,पुष १६ गते । लागूऔषध कारोबार आरोपमा पक्राउ परेका र्यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करीब ७ बजेतिर लागूऔषधसहित पक्राउ परेका थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो ।बिहीबार सार्वजनिक बिदा भएका कारण शुक्रबारमात्रै अनुसन्धानका लागि अदालती प्रक्रिया थालेको थियो । जिल्ला प्रहरी क
कावासोती,पुष १६ गते – नवलपुरको मध्यबिन्दु(१२ मा शुक्रबार बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घटनास्थल अरुणखोला–दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ । नवलपुरमा यसअघि मङ्सिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भ
उदयपुर,पुष १६ गते – जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन थालेको छ । उनीहरूलाई बिद्यालयमै पुगेर खोप दिन थालिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै कोरानाविरद्धको खोप दिन थालिएको हो । अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ । उदयपुरका चार नगरपालिका त्रियु
तनहुँ,पुष १६ गते – शुक्लागण्डकी नगरपालिका(४ गाछेपानी घर भइ हाल सोही नगरपालिका– ३ कार्कीडाँडा डेरा गरी बस्ने २६ वर्षीय निनु कुमार श्रेष्ठको कोठाबाट खाली म्याग्जिन सहितको १ थान इटालियन पेस्तोल तथा नियन्त्रित लागूऔषध स्पाम्सो प्रोक्सिभिन ५४ चक्की, नाईट्राभेट १ सय ९२ चक्की, डाईजेपाम १ सय ३३ एम्पुल, नुर्फिन १ सय ३४ एम्पुल, फेनारागन १ सय ३६ एम्पुल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।श्रेष्ठले हतियार तथा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त वस्तु फेला पारी बरामद गरेको हो । हाल फरार रहेका निनुकुमारको खोजी गर्नुका साथै यस
सिरहा,पुष १६ गते – धनगढिमाई नगरपालिका– १३ गौशालाबाट १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित औरही गाउँपालिका– ५ बस्ने ६० वर्षीय जोगेन्द्र यादव र औरही गाउँपालिका– ३ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.५ प ३१४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
काठमाडौं,पुष १६ गते – प्रधानमन्त्री शेरबहादुर देउवा सुन्दरीजल जाने भएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम तय भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ आजकै दिन स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाउन थालेको हो। दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।सभापति देउवाले
सिरहा,पुष १६ गते – सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा च
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.