काठमाडौं, पुष १८ गते – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । आठौं महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गर्नुभएको थियो