सिरहा,पुष १८ गते – सप्तरीबाट पक्राउ परेको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ ।पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कंचनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी– १ का अध्यक्ष सुरेन्द्र मण्डल तथा नेताहरु योगानन्द साह, महीनारायण साहलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्
चितवन,पुष १८ गते – पूर्वीचितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो ।दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए। उनका अनुसार पाँचरसातजनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिर
विराटनगर,पुष गते – प्रहरीले अवैध रकम ओसारपसारको आरोपमा सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौड्याललाई पक्राउ गरेको छ । पौडेललाई शनिबार साँझ पक्राउ गरिएका हो ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रवक्ता नान्तीराज गुरुङले पौडेललाई पक्राउ गरेको पुष्टि गरेका हुन्। प्रहरीले उनलाई थप अनुसन्धानका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाएको छ ।शनिबार सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोख्रेल सोही प्रकरणमा पक्राउ परेकी थिइन् । शनिबार विराटनगरदेखि काठमाडौं आएको सौर्य एयरको जहाजमा ५० लाख रुपयाँ अवैध रकम भेटिएको थियो । विराटनगरबाट आएको सो रकम बुझ्न सौर्य एयरलाइन्स काठमाडौंमा क
धनगढी,पुष १८ गते – कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई पक्राउ गरेको हो ।उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका(१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् । प्रारम्भिक
सिरहा,पुष १८ गते – सिरहाको गोलबजारमा अज्ञात समुहले एक किराना पसलमा शनिवार राति आगो लगाएपछि लाखौंको समान जलेर नष्ट भएको छ ।गोलबजार नगरपालिका ६ स्थित पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा अज्ञात समुहले आगो लगाएका हुन् । आगलागीबाट पसलमा रहेका रिचार्ज कार्ड, चाउचाउ, दालमोठ, मैदाको बोरा, गुटखा, चिनी र दाललगायतका समानहरु जलेर खरानी बनेको छ ।पसलका संचालक सुनिता कुमारी साहले विहान पसल खोल्न पुगेपछि मात्र आगलगीबाट पसल जलेको थाहा पाएकी छन् । उनका अनुसार पसलमा लगाइएको ताला तोडिएको देखें । त्यसैले अज्ञात समुहले आगो लगाएको अनुमान छ ।
मलङ्वा,पुष १८ गते – स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन्। जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्। विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले यातायात अवरुद्ध गरेका छन्। विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्। पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए। आन्दोलनमा सबै विद्
जलेश्वर,पुष १८ गते – सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका– ९ मधवा गाउँमा अवस्थित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ ।महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित सो विद्यालय रहेको छ । सो क्षेत्रबाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा सोही पार्टीका रानीकुमारी तिवारी निर्वाचित रहे पनि उनीहर
सिरहा,पुष १७ गते । पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि महाधिवेशनमा नेतृत्व
सिरहा,पुस १७ गते । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ ।१९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।आयोगले निर्वाचन अधिकृत नियुक्त यसअघि नै गरिसकेको छ । मतदान स्थल र केन्द्र पनि तय गरिसकेको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ
सिरहा,पुष १७ गते । लागुऔषधसहित महोत्तरीबाट चार युवा पक्राउ परेका छन् । गएराति करीब ८ बजे भारतको बिहार राज्यबाट आउने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका ७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.