सिरहा,पुष ३० गते – प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा– ३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका(७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्। मियाँ ज२प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए।बिहीबार बिहान इनरुवा– ३ बाट अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र दुई थान म्यागजिनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका– ७ कै ३१ वर्षीय सबरेज मियाँ,२५ को सिकन्दर मलाहा र वडा नम्बर ६ का २३ वर्षीय फरियाद अन्
काठमाडौं, पुष ३० गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जीटुजी (सरकार–सरकार) को माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माले जानकारी दिनुभयो । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उहाँले बताउनुभयो ।भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौ
सिरहा,पुष ३० गते – प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ ।प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि दलित समितिलाई सहज हुने उनले बताए
काठमाडौं पुष ३० गते – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन । राजनीतिक भेटघाट र अन्य कामका लागि आउनेहरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उहाँको
महोत्तरी,पुष २९ गते – शितलहरले गर्दा यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले दलित समुदायका छात्रछात्राहरुलाई न्यानोकपडा वितरण गरेको छ। विहीबार जिल्लाका औरही नगरपालिका(२स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभूत विद्यालय फूलवरीयाका बालविकासतर्फका दलित सुमदायका बालवालिकाहरुलाई समितिले न्यानो स्वरुप स्वीटर वितरण गरिएको हो। जिल्लास्थित सामुदायिक विद्यालयका दलित समुदायका बालबालिकालाई चिसोबाट बचाउनका लागि विपद् व्यवस्थापन समितिमार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो। संघीय सरकारमार्फत प्राप्त अनुदानअन्र्तगत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्रालाई स्व
पर्सा,पुष २९ गते – खुट्टामा चरेश बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।प्रहरीका अनुसार ति महिला चरेशको प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधेर लग्दै थिइन् । शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएको र त्यसपछि उनलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले जना
काठमाडौं,पुष २९ गते – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ। मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरलाई रेड जोनुमा राखेको छ। ५ सय बढी सक्रिय संक्रमित रहेको जिल्लाई मन्त्रालयले रेड जोनमा राख्ने गरेको छ। देशभरि कोरोनाको कूल १६।९ संक्रमणदरमध्ये काठमाडौंमा उच्च रहेको मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ। पछिल्लो तथ्यांकअनुसार देशभरि दैनिक तीन हजार बढी संक्रमित भेटिन थालेका छन्। तीमध्ये आधाजति काठमाडौं उपत्यकाकै हुने गरेका छन्। बुधबार संक्रमित ३ हजार ७५ मध्ये १४९८ काठमाडौं उपत्यकाका रहेका थिए। यी तथ्यांक हेर
काठमाडौं,पुष २९ गते – इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका– ६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ ।प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्नेरगराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय
सिरहा,पुष २९ गते – वीरगंज महानगरपालिका– १६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेश सहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो । गजुरी गाउँपालिका– २ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलाम
सुनसरी,पुष २९ गते – ईनरुवा नगरपालिका– ३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित हरिनगरा गाउँपालिका(७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।ज. २ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.