X wada

मुख्य समाचार

    Showing १,८३१-१,८४० of २,९७२ items.
  • ओरेक नेपालद्वारा सिरहामा ९ सदस्यीय समिति गठन

    सिरहा,माघ २४ गते – महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले सिरहामा जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति एक कार्यक्रमबीच गठन गरेका छन् ।  ओरेकका अध्यक्ष डा। रेणु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले गर्नुभएको थियो । छलफलबाट ओरेककी आजिवन सदस्य रिता महतोको संयोजकत्वमा ९ समिति गठन गरेका हुन् । सदस्यहरुमा महिला सामुदायिक संस्थाको तर्फबाट बबिता मिश्र, द्रोपती साह, महिला मानव अधिकार रक्षक संजालबाट रेणु कर्ण,रिक्मा विश्वकर्मा, मानव अधिकार रक्षक संजालबाट देवराज पोखरेल, ब्लुडाइमण्ड सोसाइटीबाट लक्ष्मेश्वर यादव , अपाङ्ग पुर्नस्था

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २१८ पटक पढिएको
  • अवैध लागूऔषध छुट्टा छुट्टै स्थानबाट सहित पक्राउ

    मोरङ,माघ २४ गते – सुन्दरहरैचा नगरपालिका– ७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुप्रिजेसिक १० एम्पुल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका– १ बस्ने ३६ वर्षीय सुरज गुरुङ, केरावारी गाउँपालिका– १० बस्ने २५ वर्षीय तेज कुमार मगर र सोही गाउँपालिका– ७ बस्ने २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् । बेलबारी नगरपालिका– ३ बस्ने ४३ वर्षीय रिक्तमान गुरुङले सोही नगरपालिका(१ स्थित सिनेमा हल अगाडि पार्किङ गरी राखेको प्रदेश नम्बर ३– ०१– ०२५ च ९७५० नम्बरको कार सुरज गुरुङले चोरी गरी लगेको भन्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २१० पटक पढिएको
  • लगानीको बाटो खोल्न एमसीसी

    काठमाडौँ, माघ २४ गते –  अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ ।उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातोमाटे, लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने हुनुपर्ने हो । तर, एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसद्मा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । उहाँहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घ (एफए

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ११९ पटक पढिएको
  • आलुको मूल्य नपाउँदा चिन्तामा किसान

    सिरहा, माघ २४ गते –  समयमा पर्याप्त मल नपाउँदा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले समयमा रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन् । किसानले यो वर्ष आलुको मूल्यसमेत नपाएको गुनासो गरेका छन् ।व्यावसायिक रूपमा आलु खेती गरेका किसानले रोप्ने समयमा प्रतिकेजी २५ देखि ३० रुपियाँसम्ममा किनेर रोपेको आलु अहिले आफूले उत्पादन गरेर बेच्ने समयमा प्रतिकेजी १५ रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् । छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा आलु भित्रिएकाले यहाँका किसानले उत्पादन गरेको आलुले भाउ पाउन सकेको छैन । बरहथवा नगरपालिका–१, हज

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४५ पटक पढिएको
  • कांग्रेसको प्रवक्तामा डा। प्रकाशशरण महत

    काठमाडौं,माघ २४ गते – नेपाली कांग्रेसको प्रवक्तामा डा। प्रकाशशरण महतलाई नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गरेको कांग्रेसका मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।कांग्रेसमा १३ औं महाधिवेशनपछि विश्वप्रकाश शर्मा प्रवक्ताको जिम्मेवारीमा थिए। १४ औं महाधिवेशनबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि महतलाई उक्त जिम्मेवारी दिइएको हो। प्रवक्तामा केन्द्रीय सदस्य महत, रमेश लेखक र एनपी साउदको चर्चा थियो । देउवा निकट रहेका महतले महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिएका थिए।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १७९ पटक पढिएको
  • विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

    महोत्तरी, माघ २४ गते –  कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी ग

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २४१ पटक पढिएको
  • खुकुरी प्रहार गरी दुईको हत्या

    सिन्धुपाल्चोक,माघ २४ गते –  बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिए । उनले  घटनाको थप अनुसन्धान भइरहेको बताए

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १२४ पटक पढिएको
  • नक्कली प्रहरी पक्राउ

    सिरहा,माघ २४ गते  । सिरहामा  एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आफूलाई प्रहरी निरीक्षक बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–१ घर भई हाल काठमाडौं  महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङलाई पक्राउ गरिएको जिप्रका सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए । पक्राउ परेका गुरुंगको साथबाट प्रहरीले लागुऔषध समेत बरामद गरेको छ ।गुरुंगलाई शुक्रबार सिरहा नगरपालिका– ७मा रहेको युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनी धम्की दिँदै गर्दा पक्राउ गरिएको थियो भने आइतबार उनलाई पत्रकार सम्मेलन

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४४ पटक पढिएको
  • रोकिराखेको ट्रकमा कार ठोक्कियो स् तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    बुटवल,माघ २४ गते –  बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।  बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु.२ख ९७७२ नम्बरको ट्रकमा लु.३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कारमा पाँच जना सवार थिए।  दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७  वर्षीय नवीन श्रेष्ठ छन्। दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन्। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४९ पटक पढिएको
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज 'रोज डेु'

    सिरहा,माघ २४ गते – फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। 'रोज डेु' भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्।   'रोज डेु' मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।&

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २१८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२