सिरहा,माघ २५ गते – बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका– ४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका– १ स्थित जनशान्ति सामुदायिक वनमा प्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















