सिरहा,माघ २५ गते – प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका– ७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो ।
साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।




















