सिरहा,माघ २७ गते – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । “रेल्वे लिगमै हाट
वीरगञ्ज,माघ २७ गते – पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेर भाग्ने क्रममा तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजीत सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी र पाठकले बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना. १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम
काठमाडौं, माघ २७ गते– लगानी बोर्डले नेपालमा युरिया मल कारखाना खोल्नसक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो । यसअघि मन्त्रिपरिषद्को निर्णयले नेपालमा मल कारखाना खोल्न आवश्यक प्रक्रिया सुरु गर्न बोर्डलाई निर्देशन दिएको थियो । सो अध्ययनलाई सार्वजनिक गर्ने निर्णय यही मङ्गलबार बसेको बोर्डको बैठकले पनि गरिसकेको छ ।अध्ययनमा सहभागी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमका अनुसार प्राकृतिक मिथेन ग्यासको प्रयोग र पानीको प्रयोग ९इलेक्ट्रोलाइसिस० गरी दुई विधिबाट नेपालमा रासायनिक मल उत्पादनका प्रविधिको तुलनात्मक अध्यय
काठमाडौं,माघ २६ गते – प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरी र बालाजु वृत्तबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ जाँचका क्रममा स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी(३ चाउथे निवासी २९ वर्षीय नवराज ढुङ्गानालाई नियन्त्रणमा लिएको हो ।काठमाडौं( १६ बाइपासस्थित ओरालो बाटोमा जाँच गर्ने क्रममा ढुंगानाले बोकेको कालो रंगको हाते झोला र साइड व्याग खोलेर हेर्दा लाखौ रकम भेटिएको थियो । झोलामा एक हजारका ५,७३४ नोट र पाँच सयका २,५३० नोट फेला परेको थियो । प्रहरी वृत्त बालाजुले बरामद गरिएको नगदसहित ढुंगानालाई थप अनुसन्धानक
रौतहट,माघ २६ गते – रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो ।ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको उनको भनाइ छ ।प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । ‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरिक्षक घिमिरेले भने, ‘शवलाई पोष्ट
जनकपुरधाम,माघ २६ गते – धनुषा प्रहरीले एक जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ ।जनकपुरधाम उप– महानगरपालिका– १९ थुमौनाका १९ वर्षीय टिका यादवलाई प्रहरीले मंगलबार चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो । यादवले आइतबार ‘म क्राइम ब्रान्चको व्यक्ति हँु भनी मोटरसाइकलको ब्लु बुक निकाल्न लगाई हेरी, मोटरसाईकल चोरीको हो अनुसन्धान गर्न जिल्ला चेक जाँचको लागि लग्नु पर्छ भनी झुक्याई डर त्रास देखाइ प्रदेश –२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र सोको ब्लु बुक लिएर भागेका थिए । चोरी गरेर लगेको घटनाबारे जिप्रकामा आएको सूचनाको आधारमा खटेको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । ब्लुबुकसँगै मोटरसाइकल समेत फेला
सर्लाहि,माघ २६ गते – नेपाल बैंक लिमिटेड मलंगवा शाखाबाट एकजना ग्राहकको रकम चोरी भएको छ ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२का बोनी ट्रेडर्सका संचालक शिवनाथ प्रसादको नाममा रहेको खाताबाट फरक–फरक मिति र समयमा गरी १ लाख ७८ हजार ३ सय ४० रुपैयाँ चोरी भएको छ । नेबंैलिको मलंगवा शाखामा आफूले बोनी ट्रेडर्सको नाममा ०२ ९००१०१२१२१४७०००००१ नम्बरको खाता र आफ्नो नाममा ०२९०१००७१२६९४७०००००१ नम्बरको खाता संचालन गर्दै आएको र सोही खाताहरुबाट आफूलाई कुनै किसिमको जानकारी नगराइ विभिन्न मिति र समयमा रकम झिकिएको उनले बताए । आफूले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेबैलि मलंगवा शाखा प्रबन्धक
सिरहा,माघ २६ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु। ३०० ले उकालो लागेर रु. ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु. ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु. ९२ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले बढेर रु. एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबा
वीरगन्ज,मघा २६ गते – पर्सामा निर्माणधीन वीरगन्ज(ठोरी हुलाकी सडक, ठेकेदार र चितवन राष्ट्रिय निकुन्जका कारण समयमै सम्पन्न हुन नसक्दा अलपत्र परेको छ। पर्सामा वीरगन्जको प्रतिमा चोकदेखि ठोरी गाँउपालिकाको चौतारासम्म ६० किलो मिटर हुलाकी सडक दुई वटा निर्माण कम्पनीले चार वर्षअघि ठेक्कामा लिएका हुन्। वीरगन्जको प्रतिमा चोकदेखि सेढवाको चमरी होलसम्म सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी होलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटरको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले सकारेको हो। वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँ
काठमाडौं, माघ २६ गते – गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्र्मीलाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ ।गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.