सिरहा,माघ २८ गते – महोत्तरीको बर्दिवासमा आगलागी हुँदा साढे आठ लाख बराबरको क्षति भएको छ ।

बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा रहेको ब्रह्मदेव महतोको घरमा बुधबार राति आगलागी भएको हो । माटोले बनेको खरको छाना भएको घरमा विद्युत सर्ट सर्किट भइ आगलागी हुँदा साढे आठ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको चोलिखा प्रहरी चौकीका असइ मोहम्मद सद्रे आलमले जनाए ।

आगलागीबाट एउटा भँैसी र एउटा राँगो जलेर मरेको छ भने घरमा रहेको साइकल, घाँस काट्ने मेशिन र अन्य सामान सहित साढे लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब साढे ११ बजे सुरु भएको आगलागी स्थानीय र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प पशुपतिनगरको सहयोगमा साढे १२ बजे तिर पूर्ण रुपमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।