X wada

मुख्य समाचार

    Showing १,७८१-१,७९० of २,९७२ items.
  • ठेकेदार वडा अध्यक्ष : ३५ लाख भ्रष्टाचार

    सिरहा,माघ २७ गते  महोत्तरीका पिपरा गाउँपालिका वडा नं – ५ का वडा अध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ३५ लाख २१ हजार कायम गरी कायम गरी सार्वजनिक सम्पत्ति हानी– नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।  अनुसन्धानमा उनले वडाध्यक्ष नहुँदै साविक सहोडवा गाविस वडा नं – ६ हाल पिपरा गाउँपालिका वडा नं ५ स्थित रहेको ठूलो सुब्बा पोखरी ठेक्का लिएका थिए।  २०७१ साल भाद्र १ गते देखि ०७६ साल आषाढ मसान्तसम्मको ५४ लाख ६४ हजार सकार गर्ने वडाध्यक्ष यादवले २०७३ माघ ४ सम्ममा जम्मा १९ लाख ४२ हजार  मात्र साविक सहो

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २४३ पटक पढिएको
  • सुनको भाउ बढ्यो

    सिरहा,माघ २७ गते – सुनको भाउ आज पनि बढेको छ ।आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २५३ पटक पढिएको
  • अर्काको बच्चालाई चोरेर भाग्दै गरेका दुई महिला पक्राउ

    सिरहा,माघ २७ गते – अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७९ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थाबट फक्राउ

    सिरहा,माघ २७ गते – बाँकेको नेपालगंज उपमहानगरपालिका– ४ बसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका– ४ बस्ने अछाम तुर्माखाद गाउँपालिका– ७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका– ४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका(१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसु

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १५४ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बर्दिया,माघ २७ गते –  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका(४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १५४ पटक पढिएको
  • मानव अधिकार उल्लङ्घनका ३७८ उजुरी फस्र्योट

    काठमाडौं, माघ २७ गते– राष्ट्रिय मानव अधिकार आयोगले एक वर्षमा तीन सय ७८ वटा उजुरी फस्र्योट गरेको जनाएको छ । नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगमा एक वर्षभित्र भएका कामको विवरण सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगमा परेका नयाँ र पुराना उजुरीका आधारमा उक्त फस्र्योट गरिएको जानकारी दिइएको हो ।आयोगमा २०७७ माघ २१ गते अध्यक्ष तपबहादुर मगरसहितका सदस्यहरू नियुक्त हुनुभएको थियो । त्यसपछिको एक वर्षमा आयोगमा १२९ वटा उजुरी दर्ता भएका थिए । नयाँ र पुराना उजुरीसमेत अध्ययन गरेर ४६६ वटा उजुरीमाथि निर्णय भएको हो । सोही निर्णयका आधारमा ३७८ वटा उजुरी फस्र्योट भएको हो । पत्रकार सम्मेलनमा आयोग अध्यक्ष म

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १४६ पटक पढिएको
  • ४२ करोड रोयल्टी नबुझाएको भन्दै याक एन्ड यति होटलको इजाजत खोसियो

    काठमाडौं,माघ २७ गते – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले याक एन्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरिदिएको छ। पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले विज्ञप्ति जारी गर्दै याक एन्ड यति होटलको स्तर वर्गीकरण प्रमाणपत्रसमेत रद्द गरेको जानकारी दिएका छन्।पटक(पटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको विभागको आरोप छ। विभागका अनुसार याक एन्ड यति होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया नेपाल सरकारलाई तिर्न बाँकी रहेको छ। 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८–०९– २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेकोमा नेपाल

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १८३ पटक पढिएको
  • सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

    सर्लाही,माघ २७ गते – नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ । सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७८ पटक पढिएको
  • एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं,माघ २७ गते – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तालिका सार्वजनिक भएको छ ।तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २६५ पटक पढिएको
  • प्रहरीलाई झुठो सूचना दिने दुई पक्राउ

    जनकपुरधाम,माघ २७ गते – धनुषा प्रहरीले झुठो सूचना दिएर प्रहरीलाई बिना कारण दुःख दिएको भन्दै दुई जनामाथि कारवाही गरेको छ ।प्रहरीले धनुषाधाम नगरपालिका–७ का दिप नारायण यादव र आशाराम चौधरीलाई प्रहरीलाई झुठो विवरण दिइ निर्दोष व्यक्तिलाई लुटपाटमा फँसाउने षडयन्त्र गरेको आरोपमा पक्राउ गरेको हो । यादवले माघ २४ गते सोमबार धनुषाधाम नपा–७का श्रवण कुमार चौधरी तथा निजसंग मोटरसाईकलमा आएका ३/४ जना व्यक्तिहरुले सोही ठाउँका ३५ वर्षीय आशाराम चौधरीको नाममा दर्ता रहेको मैले प्रयोग गर्दै आएको बा.१९ च.६६१४ नं. को कार र सो कार भित्र रहेको नगद रु. २ लाख रुपियाँ लुटी चोरी लगेको भनी ई.प्र.का. धनुषाधाममा टेलीफोन मार्फत जा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२