काठमाडौं,माघ २९ गते –  चारदेशीय टी– २० सिरिज अन्तर्गत आज नेपाल र युएईबीचको खेल हुँदैछ। खेल बिहान ११ः४५ बजे देखि ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ। 

शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो।

आईसीसी पुरुष टी– २० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको छ। ग्लोबल छनोटमा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहाराईन, आयरल्यान्ड र जर्मनी छन्