X wada

मुख्य समाचार

    Showing १,७६१-१,७७० of २,९७२ items.
  • नेपाल– ओमानबीचको खेल दिउँसो ३ः४५ बजे देखि

    काठमाडौँ,माघ २८ गते –  ओमानमा आजबाट चारदेशीय टी(२० क्रिकेट श्रृखंला सुरु हुँदैछ। आजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार ३ः४५ बजेदेखि सुरु हुनेछ।नेपालले ओमानसँग पछिल्लो टी– २० सन् २०१९ मा खेलेको थियो जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।  सन्दिप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेयता लामिछानेको नेतृत्वमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दै हो

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १५९ पटक पढिएको
  • पूरा तलब नपाएको भन्दै १२ दिनदेखि गाउँपालिकामा धर्ना

    सिरहा,माघ २८ गते –  सिराहाको लक्ष्मीपतारी गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास केन्द्रका सहजकर्ता, कर्मचारी र कार्यालय सहयोगीले संघीय सरकारले घोषणा गरेअनुसारको तलब माग्दै १२ दिनदेखि गाउँपालिकाको मूलढोकामा धर्ना दिएका छन् । गाउँपालिकाअन्तर्गत रहेका सात माविसहित १७ सामुदायिक विद्यालयमा कार्यरत ५१ जना बालविकास सहजकर्ता, कर्मचारी तथा कार्यालय सहयोगीले मासिक १५ हजार रुपैयाँ तलब माग्दै १६ माघदेखि धर्ना दिएका हुन् । धर्ना दिएको डेढ हप्ता बिते पनि गाउँपालिकाले बेवास्ता गरेको आधारभूत विद्यालय धन्छवारका कर्मचारी रामकुमार यादवले गुनासो गरे ।बिहmष् गिनबमजगलभ कबदगलगाउँपालिकास्तरीय बालविक

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २२५ पटक पढिएको
  • पूर्वी चितवनमा वर्डफ्लु भेटियो

    चितवन,माघ २८ गते –  चितवनमा वर्डफ्लु भेटिएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपंछी तथा कृषि फर्ममा रहेका कुखुरामा वर्डफ्लु ुएचु भेटिएको हो। कुखुरा मर्न थालेपछि कुखुराको स्वाब निकालेर परिक्षण गर्दा वर्डफ्लु भएको पुष्टि भएको हो। उक्त फार्ममा रहेका दुई हजार कुखुरा नष्ट गर्न थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताए। ‘कुखुरामा वर्डफ्लु भेटिएपछि त्यस फार्मदेखि वरपर सय मिटरसम्मका पंछी नष्ट गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आज कुखुरा नष्ट गर्दैछौ।’ जिल्ला वर्ड फ्लु रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर खोरमा भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो। बैठक

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९८ पटक पढिएको
  • बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

    सिरहा,माघ २८ गते – धनुषाको जनकपुर उपमहानगरपालिका– ६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका– १० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका– १ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका– ८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका– ७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका– ४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३२८ पटक पढिएको
  • फागुन १ देखि १८ वर्ष पुगेकालाई बुस्टर डोज दिइने

    काठमाडौं,माघ २८ गते –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १ देखि १८ वर्ष पुगेका सबै व्यक्तिलाई बुस्टर डोज खोप दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले १८ वर्ष नाघेका व्यक्तिलाई बुस्टर डोज खोप दिइने जानकारी दिए। आफूले गरेका कामहरुको विवरण सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘माघ २७ गते बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष उमेर पुगेका सबै बुस्टर डोज लगाउन योग्य भएका अर्थात् दोस्रो खोप लिएको ६ महिना नाघेका सबैलाईनै बुस्टर डोज निर्णय गरेको हो।’ उनले खोप अभियान निरन्तर र नियमित सञ्चालन हुने बताए।उनले भने, ‘खोप, खोप, खोपलाई मूर्त रुप दिन सम्पूर्ण संयन्त

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २४२ पटक पढिएको
  • आजदेखि भारतसंग जोडिएका सिमानाका बन्द

    महेन्द्रनगर,माघ २८ गते – भारतसंग जोडिएका पश्चिमी सिमानाका चार दिनका लागि बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए। उनका अनुसार माघ २८ गते साँझ ६ बजेदेखी फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछन्। त्यसैगरी बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगालगायतका भारतसंग जोडिएका नाका बन्द हुनेछन्। निर्वाचनको सुरक्षा संवेदनशीलताक

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २२६ पटक पढिएको
  • चप्पल पसलमा आगलागी : मृत्यु भएका पाँच जनाकै सनाखत (अपडेट)

    दाङ्ग,माघ २८ गते – तुलसीपुर बजारको एक जुत्ता चप्पल पसलमा लागेको आगलागीमा परेर मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनस्थित तुलसी बोर्डिङ चोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा मृत्यु हुनेमा तुलसीपुर(५ का ४२ वर्षीय नजरद्दिन अली, अन्दाजी ५ वर्षीय बालक अविनद्दिन अली, १६ वर्षीय मसिन बकस, १४ वर्षीय हसन बकस र १२ वर्षीय साजिता खातुन रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।गएराति दुई बजेतिर भएको आगलागी हुँदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उनले जानकारी दिए। आगलागी घटनाबाट ३८ वर्षीय अमर डाँगीको सकुशल उद्धार गरिएको उनले ज

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २७५ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,माघ २८ गते – सुनको मूल्य बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै शुक्रबार छापावाला सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको हो ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १४५ पटक पढिएको
  • कानुनी छिद्रले मर्‍यो गैँडा

    भरतपुर, माघ २८ गते –  राजमार्गसँगैको नाली निर्माणका क्रममा देखिएको लापरबाहीका कारण गैँडा मरेको सरकारद्वारा गठित छानबिन कार्यदलले निष्कर्ष निकालेको छ । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ईआईए प्रतिवेदन नचाहिने कानुनी छिद्र पत्ता लाएर नाली बनाउँदा गैँडा मरेको प्रतिवेदन कार्यदलले दिएको छ ।पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलमा निर्माण हुँदै गरेको सडक नालीमा परेर गत माघ ९ गते चुरे र महाभारतबीच वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी एक वयस्क गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९८ पटक पढिएको
  • गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

    काठमाडौं, माघ २८ गते–  गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन । गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३२४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२