अर्घाखाँची,फागुन २ गते – कपिलबस्तुको वाणगंगा नगरपालिकामा ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। वाणगंगा नगरपालिका(९ चौवासमा रहेको रामसमुज थारुको घर गोठमा लुकाइ छिपाइ लोड गरेर राखिएका ५ थान भरुवा बन्दुकसहति ६० वर्षीय थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुंगले बताए।
इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले घरमा गइ खान तलासी गर्दा भरुवा बन्दुक बरामद गरेको हो। निज थारुको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुंगले जानकारी दिए




















