महेश प्रसाद चौधरी
सिरहा,फाल्गुन २ गते । राजदेबी कलश शोभा यात्रामा हजारौको सहभागी मनोकामना पुरा हुने जनविस्वास रहेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाही स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट निकालिएको कलश यात्रामा हजारौको संख्यामा महिला तथा कुमारी कन्याहरुको सहभागी रहेका थिए ।
उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामुना निको हुने, मनोकामना पुरा हुने स्थानियहरुको जन विस्वास रहेको मेला समितिका अध्यक्ष राम कुमार कामतीले बताए । राजदेबी मंन्दिरमा प्रत्येक वर्ष माघको पूर्णिमा नजिक हजारौको संख्यामा स्थानिय तथा अन्य ठाँउका भक्तजनहरुको उल्लेखनी सहभागी हुने गरेको मन्दिरका पुजारी अन्तिलाल चौधरीले बताए ।

चौधरीका अनुसार यो मन्दिरमा आउने सबैको भलो तथा मनोकामना पुरा हुने भएकोले यहाँ पुजा गर्ने भक्त जनहरुको घुईचो लाग्ने गर्दछन ।
साथै मेलामा ३ र ४ गते दुई दिन कूस्ती पहलवानीको आयोजना गरिएको छ साथै देबी पुजा बुधबार हुने मेला समितिले जनाएको छ ।

कलश यात्राका प्रमुख अतिथि नेपाली कांग्रेशका केन्द्रीय सदस्य नेतृ चित्रलेखा यादब रहेका थिए भने विशिष्ठ अतिथि जिल्ला सभापति राम चन्द्र यादब लगायतका नेता कार्यकर्ताहरुको उल्लेखन्यि उपस्थिती रहेका थिए ।





















