सर्लाही,फागुन ५ गते – प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।नेपाल– भारत सीमास्थित मलंगवा नगरपालिका– ८, बाट चेक जाँचका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उ
चितवन,फागुन ५ गते – चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको खाग र खुर सुरक्षित छन् । गैंडाको मृत्युको कारण खुलेको छैन ।निकुञ्जका एक अधिकारीका अनुसार बच्चा र माउ गैंडाको शरीरमा चिथोरिएका घाउ देखिएको छ । त्यसैले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकार
काठमाडौं, फागुन ५ गते – तीन महिना अघि वेलायतमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औ सम्मेलन (कोप २६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ सम्ममा शुन्य इमिसन ल्याउनेमा सहमती जनाउनु भएको थियो । यस अघि सरकारले युरोपियन युनियनसँग सन् २०३० भित्र फोसिल फिउलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारी प्रयोगको दरमा बृद्धि गर्ने गरी हस्ताक्षर समेत गरी सकेको छ । तर यो लागु गर्न सरकारी कार्याललले विद्युतीय सवारी प्रयोग गर्न चाहेका छैनन् ।सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन
काठमाण्डौ,फागुन ५ गते – महानगरपालिका वडा नं– १६ नयाँ बजार मेडिकल चोक एरियामा केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरका २९४९दुई सय चौरानब्बे० थानको २,९४,०००।–९दुई लाख चौरानब्बे हजार० नक्कली नेपाली नोट सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको । पक्राउ परेका रौतहट गौर नपा– १२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह । रौतहट राजपुर नपा–३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष
सिरहा,फागुन ५ गते – उदयपुरको बेलका नगरपलिका– ८ सिरुवानीस्थित सडकबाट करिब ४ सय केजी अवैध लागूऔषध गाँजा र नगद ६३ हजार २५ रुपैयाँ सहित बेलका नगरपालिका– ८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अवैध रुपमा लागूऔषध गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले कों.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सर्लाही,फागुन ५ गते – सजिल्लाका दुई स्थानमा आगलागी भएको छ । हरिपुर नगरपालिका ३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका ४, निवासी देवराज सिङ्दनको घरमा आगलागी भएको हो ।प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ । त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताक पडा जलेर नष्ट भएको छ ।
काठमाडौं, फागुन ५ गते – अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको गरिएको हो ।विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागमा मङ्गलबारदेखि सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । प्रहरी टोलीले विभागसँग समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । भ्रमण भिसामा नेपाली युवालाई विदेश पठाएर खाडीलगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।सो टोलीले यस विषयलाई समेत निगरानी गर्ने
वीरगञ्ज,फागुन ५ गते – बाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो । बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा. ३९ प.४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजे
महोत्तरी,फागुन ५ गते महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरमा एम्बुलेन्सले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्र्तगत रामनगरमा गएराति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका– ११ भरतपुरका ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए । गम्भीरअवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्
काठमाडौँ, फागुन ५ गते – अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.