प्रमोद सहनी
राैतहट फाल्गुन ८ गते । जय किसान बहुप्राबिधिक शिक्षालयका शिक्षालय प्रमुख ई.विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवलाई हाल अहिलेका नव शिक्षालय प्रमुख धनोज कुमार यादवले भव्यताका साथ विदाई कार्यक्रम सम्पन्न गरेका हुन ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ९ स्थित उक्त शिक्षालयका सिभिल विभागका प्रमुख ई.नन्द किशोर राय यादवले आफ्नो मन्तव्य ब्यक्त गर्दै भने विगत पाँच वर्ष देखि यो शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा अगाडी बढाएको बताए ।
यति छोटो समयमा सबैको मन जितेर हामी बिच अभिभावकको जुन भूमिका निर्वाह गर्नु भएका छन,त्यो श्रेय चाहि पूर्व शिक्षालय प्रमुख झालाई दिन चाहान्छु ।
त्यसैगरी अङ्ग्रेजी विषयका शिक्षक रामानन्द यादवले आँखा भरी आँसु पुछ्दै र पूर्व शिक्षालय झा को खुट्टा ढोग्दै दोसाला ओढाई फूलमाला का साथ सम्मान र बिदाई गरे । नयाँ शिक्षालय प्रमुखका रुपमा ई धनोज कुमार यादवलाई स्वागत गरेका थिए ।
त्यसैगरी सम्पूर्ण कार्यक्रमका संचालन कृषि बाली विज्ञान विभागका प्रमुख सुशिल नारायण शाहले गर्नुभएका थियो ।




















