सिरहा,फागुन ७ गते – सिरहाको गोलबजार नगरपालिका ७ कुर्मीटोल नजीकै जन्ती छोडेर फर्कने क्रममा एक भारतीय स्कारपीओ दुर्घटनामा परेको छ । दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।

चोहर्वा–पानबारिको बिचमा बी.आर. ०८ पी.बी. ४५५६ नम्बरको भारतीय सेतो एस्कारपीओ इस्टिरिङ फेलई उखुबारीमा पस्दा बोर्डिङको फलामे पाइप भाँचेको र स्कारपीओको अगाडीको भागमा पूर्णरुपले क्षति पुगेको बताइएको छ । चोहर्वामा जन्ती छोडेर घर (भारत) तिर जाँने क्रममा दुर्घटना भएको स्थानियले जानकारी दिएको छ