मकवानपुर,फागुन २२ गते – हेटौंडा उपमहानगरपालिका(१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका– १० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका– ४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा।१९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका– १९ फुलवारीबाट सोही उपमहानगरपालिका– १९ पच्चिस घर बस्ने २२ वर्षीय टाइसन
सिरहा,फागुन २२ गते– सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ ।अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने
सिरहा,फागुन २२ गते – नागरिकता माग गर्दै नागरिकता विहीनहरुले शनिबार विरोध प्रदर्शन गरेका छन् ।नागरिकताविहीन संघर्ष समिति नेपालको आयोजनामा नागरिकताविहीन समूहले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै उनीहरुले सात दिने आन्दोलन सुरु गरेका छन् । शनिबार आन्दोलनको पहिलो दिन नागरिकता विहीन संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजीत साफीको नेतृत्वमा नागरिकता माग्दै सडकमा ¥याली निकालेर प्रदर्शन गरिएको छ । उनीहरुले ढल्केवर स्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग पूर्णरुपले अवरुद्ध पारेका थिए । प्रदर्शनमा सहभागीह
सिरहा,फागुन २२ गते – धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका(१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।कमला नगरपालिका– ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५र६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
तनहू,फागुन २२ गते – तनँहू जिल्ला सदरमुमा दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ । आगलागीको कारण खुलको छैन । आगौ नियन्त्रको प्रयास भएरहेको बताइएको छ । थप विवरण बाकी छ
काठमाडौं, फागुन २२ गते – सरकारले जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न स्थानीय तहलाई अनुमति प्रदान गरे पनि स्थानीय तहले सेवा सञ्चालनमा अनिच्छा देखाएका छन् ।भूमि व्यवस्था तथा अभिलेख विभागले अहिलेसम्म ४९ वटा स्थानीय तहमा जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न अनुमति प्रदान गरे पनि कुनै पनि पालिकाले सेवा सञ्चालन गरेका छैनन् । विभागमा प्रवक्ता तथा निर्देशक कृष्णप्रसाद भण्डारीले यसअघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन तथा भूसेवासम्बन्धी काम स्थानीय तहलाई प्रदान गरिएको तर स्थानीय तहले सेवा सञ्चालनका लागि चासो नदेखाएको बताउनुभयो । स्थानीय तहले चासो नदेखाएपछि अहिले जग्गा
काठमाडौं, फागुन २२ गते – नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर
सिरहा,फगुन २२ गते – मिथिला मध्यमा परिक्रमा आइतबार रामायणकालीन स्थल मटिहानी पुग्ने भएको छ ।शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा विहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिए पछि औपचारिक रुपमा सुरुवात भएको छ । यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात
सिरहा,फागुन २२ गते – रौतहटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गंभीर घाइते भएका छन् ।जिल्लाको विरनगरा माधोपुर सडक खण्डको धोबिनिया स्थित शीतलीमाई मन्दिर नजिक शुक्रबार अबेर राती भारतीय नम्बरको स्कारपियोको ठक्करबाट साइकलमा सवार माधोपुरका ३७ वर्षीय सुरेन्द्र पण्डितको मृत्यु भएको छ । दुर्घटनामा माधोपुर कै सुरेन्द्र साह कानू गंभीर घाइते भएका छन् । सर्लाहीको खैरवाबाट रौतहटको गरुडा जाँदै गरेको डब्लु बी ४० जेड ३८२० नम्बरको भारतीय स्कारपियो गरुडाबाट माधोपुर तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।साइकललाई ठक्कर दिएपछि सो स्कारपियो पनि खेतमा पल्टेर दुर्घटनाग्र
महोत्तरी, फागुन २२ गते । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्र
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.