सिरहा,फाल्गुन २३ गते। सिरहा प्रहरीले २२ वर्षिय पुजा सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पूजा हत्यामा सहयोग गरेको भन्दै सिरहा कल्याणपुर नगरपालिका ४ जमुवाका २६ वर्षिय मन्तोष कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

यस अघिनै प्रहरीले कर्जन्हा नपा ७ का अमर राउतलाई नियन्त्रणमा लिएको छ । राउत सहितको समूहले पूजालाई कर्जन्हा नपा ७ कै कमला नदी किनारमा रहेको खर ९कास० घारीमा घाटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ ।

देशिक रोजगारीमा कतारमा रहेकाबेला राउत पूजासँग समाजिक सञ्जाल फेसबुकको माध्यमबाट चिनजान हुँदै प्रेममा परेको बताइएको छ । माघ १० गते कतारबाट काठमाडौं झरेका भद्रकाली मन्दीरमा गत माघ २७ गते विवाह गरी बाफलमा छुट्टै डेरालिएर केहीदिन सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको जनाए ।