सिरहा,फागुन २४ गते – सिरहा कांग्रेसको सोमबार नेतृत्व चयनका लागि गोलबजारमा मतदान हुँदै थियो । गोलबजारमा मतदान गराउँदा सुरुदेखि नै रामचन्द्र यादव पक्षले धाँधली गर्ने रामसुन्दर चौधरी पक्षको आकलन थियो । के उनीहरुको आकलन सही छ । हेरौँ, यी कुराहरुले जसले प्रष्ट हुन्छ । प्रहरी प्रशासन र निर्वाचन अधिकृतको आडमा धाँधली भएको छ । 

१. मतपत्रमा सिरियल नम्बर र अधकट्टी नहुनु 

मतदान स्थलको विषयमा विवाद थियो । त्यही विवादबीच निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको थियो । प्रक्रियामा रामसुन्दर चौधरी पक्षले भाग लियो । रामसुन्दर चौधरी पक्षले निर्वाचन अधिकृत संजीव लामालाई मतपत्रमा सिरियल नम्बर र अधकट्टी हुनुपर्ने माग गरेपनि त्यो सुनेन । विना नम्बर र अधकट्टीको मतपत्र कतिको विश्वसनीय हुन्छ रु किन मतपत्रमा सिरियल नम्बर र अधकट्टी राख्न मानेन ?

२. प्रहरी प्रशासनको कमजोरी

मतदान स्थलमा स्कुलको ढोका देखि केही मिटर पर रुजु गर्ने स्थान बनाएको थियो । त्यही वरिपरि प्रहरीले बेन्च लगाएर घेरा हालेको थियो । प्रहरी प्रशासनले त्यो बेन्चको घेराभित्र रुजु गरी नङ्गमा मसी लगाएको मान्छेलाई मात्रै छिर्न दिने बताएको थियो । त्यहाँबाट भित्र ढोकामा छिरेपछि मसी लगाएको देखेर मतपत्र दिने व्यवस्था थियो । तर, त्यस्तो त्यहाँ देखिएन । रुजु भएपनि नभएपनि त्यहाँ मान्छे छिर्न थाले । मत खसालेर आइसकेका मान्छेलाई रुजु गराउनै परेनन । सिधै फेरी मुलढोकामा जाने र मसी लगाएको देखाउने मतपत्र लिने, मतदान गर्ने दृष्य देखिन्थ्यो । प्रहरी प्रशासनले बेन्चले हालेको घेराभित्र मान्छेलाई व्यवस्थित गरेनन् ।  ढोकाको दक्षिणपट्टी मात्रै सुरक्षाकर्मी थियो । उतरपट्टिबाट पटक पटक भोट हालेर आएका व्यक्तिहरुले मत खसालेको थियो । मतपत्र दिने स्थानमा रुजु र मसी लगाउने काम गरेको भए धाँधली हुदैन थियो । निर्वाचन समिति र प्रहरी प्रशासनले निष्पक्ष भुमिका खेलेनन्