X Sharama Funecure

मुख्य समाचार

    Showing १,४८१-१,४९० of २,९४७ items.
  • भूसेवासम्बन्धी काममा स्थानीय तहको अनिच्छा

    काठमाडौं, फागुन २२ गते –  सरकारले जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न स्थानीय तहलाई अनुमति प्रदान गरे पनि स्थानीय तहले सेवा सञ्चालनमा अनिच्छा देखाएका छन् ।भूमि व्यवस्था तथा अभिलेख विभागले अहिलेसम्म ४९ वटा स्थानीय तहमा जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न अनुमति प्रदान गरे पनि कुनै पनि पालिकाले सेवा सञ्चालन गरेका छैनन् । विभागमा प्रवक्ता तथा निर्देशक कृष्णप्रसाद भण्डारीले यसअघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन तथा भूसेवासम्बन्धी काम स्थानीय तहलाई प्रदान गरिएको तर स्थानीय तहले सेवा सञ्चालनका लागि चासो नदेखाएको बताउनुभयो । स्थानीय तहले चासो नदेखाएपछि अहिले जग्गा

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १२८ पटक पढिएको
  • हात्तीपाइलेको औषधि नखाँदा समस्या

    काठमाडौं, फागुन २२ गते –  नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १९९ पटक पढिएको
  • मध्यमा परिक्रमा आज मटिहानीमा

    सिरहा,फगुन २२ गते – मिथिला मध्यमा परिक्रमा आइतबार रामायणकालीन स्थल मटिहानी पुग्ने भएको छ ।शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा विहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिए पछि औपचारिक रुपमा सुरुवात भएको छ । यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १५७ पटक पढिएको
  • दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    सिरहा,फागुन २२ गते – रौतहटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गंभीर घाइते भएका छन् ।जिल्लाको विरनगरा माधोपुर सडक खण्डको धोबिनिया स्थित शीतलीमाई मन्दिर नजिक शुक्रबार अबेर राती भारतीय नम्बरको स्कारपियोको ठक्करबाट साइकलमा सवार माधोपुरका ३७ वर्षीय सुरेन्द्र पण्डितको मृत्यु भएको छ । दुर्घटनामा माधोपुर कै सुरेन्द्र साह कानू गंभीर घाइते भएका छन् । सर्लाहीको खैरवाबाट रौतहटको गरुडा जाँदै गरेको डब्लु बी ४० जेड ३८२० नम्बरको भारतीय स्कारपियो गरुडाबाट माधोपुर तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।साइकललाई ठक्कर दिएपछि सो स्कारपियो पनि खेतमा पल्टेर दुर्घटनाग्र

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १५६ पटक पढिएको
  • महोत्तरी कांग्रेस सभापतिमा यादव

    महोत्तरी, फागुन २२ गते । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्र

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • ११९ पटक पढिएको
  • फोहोरको अव्यवस्था वन्यजन्तु र जलचरमा गम्भीर असर

    भरतपुर, फाल्गुन २२ गते । चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ । यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा काम

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १५३ पटक पढिएको
  • ७९ जना चयनको लागि कंग्रेसको नोमिनेशन भोलि विहानसम्म

    सिरहा,फाल्गुन २१ गते । सिरहाको गोलबजामा भईरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनौटको लागि हुने नोमिनेशन समयावधि भोलि १० बजेसम्मलाई लम्ब्याएको छ । आज दिनभरको प्रयासको बाबजुद पनि सहमति हुन नसकेपछि भोलि १० बजेसम्म नोमेनेशनको समयावधि बढाइएको निर्वाचन अधिकृत संजीव कुमार लामाले उल्लेख गर्नुभयो । निर्वाचन अधिकृत लामाका अनुसार भोलि आइतबार नोमोनेशनको समयावधि समाप्त हुने वितिकै दावी विरोध तथा नाम फिर्ताको लागि दुई दुई घण्टा समय दिई अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गरिने जनाउनुभयो ।  नेपाली कांग्रेसले १४ औं सिरहा जिल्ला अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष २, सचिव २, सह सचिव २

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • २१२ पटक पढिएको
  • मिर्चैयाको अतिथी सदन सामाजिक कामको लागि उपयोगी हुने

    सिरहा,फाल्गुन २१ गते । सिरहाको मिर्चैया नगरपालिका वाडा नं. ६ मटियर्वा ओलारमा एक करोड ५० लाखको लागतमा अतिथी सदन निर्माण हुने भएको छ । मधेश प्रदेश अन्तर्गत सिरहा क्षेत्र नं. ४ क बाट निर्वाचित सांसद दिलपि साहको संसदीय विकास कोषबाट १ करोड ५० लाखको लागतमा बन्न लागेको सुविधा सम्पन्न भवनले त्यस भेगका स्थानीयहरुलाई बैठक भेला लगायत सामाजिक कामको लागि उपयोगी हुने जनाइएको छ ।  जनघनत्वको हिसावले ठूलो क्षेत्रफल ओगटेको उक्त क्षेत्रभित्र विवाह, ब्रतबन्ध, सभा, सेमिनटर, गोष्ठी लगायतका सामाजिक कामको लागि अतिथि सदन अभावमा अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता रहँदै आएको थियो । बन्न लागेको उक्त सं

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • १७० पटक पढिएको
  • जुवा तास खेल्नेलाई १० हजार जरिवाना स्थानियको निणर्य

    सिरहा,फाल्गुन २१ गते ।  धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रका जाते चौडी, भालुटार, दुरविन डाँडा लागायतका स्थानहरुमा जुवा तास कौडी खेल्ने र खेलाउनेहरुको संख्यामा दिनानुदिन बृद्धि भएका संगै स्थानियहरुले उक्त कार्य गर्न प्रतिवन्ध लगाएको छ ।स्थानिय बुद्धिजिबि,समाजसेबी तथा धनगढीमाई नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष सुर्यमान तामाङ्गको अगुवाईमा आज बसेको बैठकले जुवा तास खेल्ने र खेलाउने कार्यमा पूर्ण रुपले रोक लगाएको छ । उक्त स्थानमा जुवा तथा खेल्ने र खेलाउने कार्य गरे वा गराएको पाईएमा दश हजार एकावन्न रुपैया जरिवाना तिर्नु पर्ने साथै राति ८ बजे सम्म मात्र उक्त स्थानहरुमा मदिरा बेचबिखन गर्न प

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • २७४ पटक पढिएको
  • पाँचवटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

    महतोत्तरी,फाल्गुन २१ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट  भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालवस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • ११० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२