सिरहा,फाल्गुन २५ गते – समाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता नाराका साथ सिरहाको बिभिन्न स्थानमा ११२ औं अन्तराष्ट्रि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । 

ल्हान नगरपालिका बालबालिका तथा जेयष्ठ नागरिक शाखाको आयोजना तथा ओरेक, दलित जन कल्याण युवाक्लव, समग्र जन उत्थान केन्द्र, मुक्ति नेपाल, इन्सेक लगायत संस्थाको संयुक्त सहकार्यमा समाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता विषयक अन्तरक्रिया तथा र्याली सम्पन्न भएको छ । LAHNA3

लहानको पशुपति माविको प्राङ्गगनबाट आरम्भ भएको र्याली लहान नगरपालिकाको सभा हलमा गई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।  लहान नगरपालिकाको उपप्रमुख सरियार कुमारी चौधरीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मानव अधिकारको क्षेत्रमा काम गर्ने दर्जनौ संस्थाको प्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मी, महिला समुह, किशोरी समुह, महिला स्वयमसेबिका लगायत २२३ जनाको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय महिला श्रमिक दिवशकोबारे ओरेककी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै विष्णुपुर गाउँपालिका, धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा समेत ओरेक लगायत संस्थाहरुको सहकार्य रहेको थियोLAHN 2LAHAN 6LAHAN 5