X wada

मुख्य समाचार

    Showing १,४४१-१,४५० of २,९७२ items.
  • प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे

    सिरहा,फागुन २६ गते – नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज आएपछि यो अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले निर्धारित कार्यक्रमभन्दा पहिले प्रधानमन्त्रीकै सहभागितामा भर्ख

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २४९ पटक पढिएको
  • विश्व मिर्गौला दिवसमा र्‍याली (तस्बिरहरू)

    काठमाडौं,फागुन २६ गते – आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।दिवसका अवसरमा चिकित्सा शिक्षाका विद्यार्थीहरूले काठमाडौंमा र्‍याली निकालेका छन् । वसन्तपुरबाट मिर्गौलासम्बन्धी जनचेतनामूलक र्‍याली निकालिएको हो । हरेक वर्ष मार्च १० तारिखका दिन विश्वभर मिर्गौला दिवस मनाइन्छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २१९ पटक पढिएको
  • सुनको मूल्यमा गिराबट

    सिरहा,फागुन २६ गते – सुनको मूल्य एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ ।बुधबार नयाँ रेकर्ड बनाउँदै एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) एक लाख दुई हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  छापावाला सुन एक लाख दुई हजारमा कारोबार हुँदा तेजावी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार एक लाख पाँच हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घटेको हो ।सुनसँगै आज चाँदीको मूल्य पनि एकैदिन ४५ रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार ४५० मा कारोबार भएको चाँदी आज एक हजार ४०५ मा कारोबार भइरहेक

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २४९ पटक पढिएको
  • बारामा काँग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने

    बारा,फागुन २६ गते – नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन् । काँग्रेसको विधानमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्छ । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप्त गरेर रामानन्द यादव तेश्रो स्थानमा रहे ।दोस्रो चरणमा राजेश राय यादव र शम्भुबह

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १६१ पटक पढिएको
  • उच्चस्तरीय भ्रमणको पहल सुरु

    काठमाडौँ, फागुन २६ गते – परराष्ट्र मन्त्रालयले आफ्ना मित्रराष्ट्रसँगको उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिन पहल सुरु गरेको छ । कोभिड–१९ महामारीको तेस्रो लहरको जोखिम कम हुँदै गएकाले मन्त्रालयले पहिले तयारी गरिएका तथा स्थगन भएका दुईपक्षीय मैत्रीपूर्ण भ्रमणको कार्यदिशालाई तीव्र बनाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उच्चस्तरीय भ्रमणको आदानप्रदानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्कासहितको टोली छिट्टै हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)मा सहभागी हुन जाँदै हुनुहुन्छ । मङ्गलबार मात्र टर्कीका आ

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १७७ पटक पढिएको
  • साइबर ब्युरोलाई कोरियाको सहयोग

    काठमाडौं,फागुन २६ गते – नेपाल प्रहरी साइबर ब्युरोको प्राविधिक तथा भौतिक उन्नतिका लागि दक्षिण कोरियाले ९० करोडभन्दा बढी प्रदान गर्ने भएको छ। कोरिया सरकारको कोरियन इन्टरनेसनल कोअपरेसन ‘कोइका’ एजेन्सीले साइबर ब्युरोको नयाँ संरचना निर्माणमा सहयोग गर्न लागेको हो। जसका लागि गृह मन्त्रालय र दक्षिण कोरिया सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। उक्त रकम साइबर ब्युरोको भौतिक संरचना निर्माण, प्राविधिक जनशक्ति उत्पादन तथा प्रहरीको क्षमता अभिवृद्धिमा खर्च हुनेछ। परियोजना पाँच वर्षभित्र पूरा हुने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए। केही समयमै भौतिक संरचना निर्माण सुर

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १९६ पटक पढिएको
  • सुँगुरको मुटु प्रत्यारोपण गरिएको व्यक्तिको २ महिनामा मृत्यु

    मेरिल्याण्ड,फागुन २६ गते –  विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएका डेभिड बेनेटको मृत्यु भएको छ। मुटु प्रत्यारोपण गरेको दुई महिनापछि उनको मृत्यु भएको हो।उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। उनमा मुटु प्रत्यारोपण गर्ने व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट  हुन्। बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको थियो। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट न

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २७७ पटक पढिएको
  • धान खेती छाडेर ड्रागन फ्रुट

    मोरङ्ग,फागुन २६ गते– मोरङको सुनवर्षी–१, केचनाका गणेश तुर्छा राई धानखेती छोडेर ड्रागन फ्रुट खेतीतर्फ लाग्नुभएको छ । प्रतिबिघा मुस्किलले ६० मन धान फल्ने तीन बिघा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणका रूपमा १०–१५ वटा बिरुवा लगाएर खेती सुरु गर्नुभएका राईले ती बिरुवाले अपेक्षाभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गर्नुभएको हो ।डाँस खोलाको किनारमा रहेको तुर्छाको तीन बिघा खेतमा अहिले ड्रागन फ्रुटका १३ हजार बिरुवाले उत्पादन दिन लागेका छन् । गत वर्षको वैशाखमा बिरुवा लगाउनुभएका तुर्छा राईले भन्नुभयो, “भारतको हैदरावादबाट बिरुवा ल्

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २८८ पटक पढिएको
  • दुर्घटना, १० जनाको मृत्यु

    संखुवासभा,फागुन २६ गते –  संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ५ जनाको उद्धार गरिएको छ। मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नं. बिहान साढे पाँच बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार हालसम्म १० जनाको शव फेला परेको छ। अझै हताहति भएको आशंका गरिएको छ।संखुवासभा मादी नगरपालिका – ६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १५१ पटक पढिएको
  • ७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

    काठमाडौं,फाल्गुन २६ गते। संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन ।नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन् ।संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय न

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १३२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२