कोलम्बो,फागुन २७ गते –  श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।  उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो । 

उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो । उनी दुई छोरा र एक छोरीकी आमा थिइन् । उनका श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो ।  उनी शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना  भएको दावी गरेका छन् । सन् १९८२ मा मात्रै अस्पताल भर्ना भएकी पारिवारिक सदस्यहरूको भनाइ छ