सिरहा,फाल्गुन २७ गते । सिरहाको गालवजार नगरपालिकामा वडा सदस्यको निधनको शोकमा आज एक दिन विदा दिने निणर्य गरेको छ । गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरका वडा सदस्य डोमी चमारको निधनमा आज नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहेको जनाईएको छ ।

नगरपालिकाको २६ गतेको निणर्यले शुक्रबार एक दिन नगरपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालयहरु बन्द रहने निणर्य गरेको छ ।