काठमाडौं,फागुन २७ गते – महानगरपालिका – ४ सुकेधाराबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६१ एम्पुल, नुर्फिन १ सय ३८ एम्पुल र फेनारगम १ सय ६१ एम्पुल सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौशाला बस्ने सिरहा लहान नगरपालिका– २३ गाढा घर भएका र काठमाडौं बत्तीसपुतली बस्ने सप्तरी रूपनी नगरपालिका(१ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा लागूऔषध बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई
काठमाडौं,फागुन २७ गते – सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताएका छन्। बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उनको छ।मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि व्यवस्थित हुने उनले बताए। ‘युट्युबलाई नियन्त्रण गर्ने होइन। नियमन गर्न नयाँ नियम बनाएको हो। यसले युट्युबलाई थप व्यवस्थित गर्छ,’ उनले भने, ‘युट्युब चलाउनका लागि तोकिएको रकमका विषयमा छलफल गरेर निर्णय गर्न सकिन्छ।’उनले युट्युवलाई नियमन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई
काठमाडौं,फागुन २७ गते – जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर गरेका हुन्।परियोजना कार्यान्वयनका लागि भएको अर्को अनुदान सम्झौतामा जाइका नेपालका प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयका आर्थिक सहयोग तथा समन्वय महाशाखा सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे। यो परियोजनाले विराटनगरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। ‘अहिले विराटनगरवासीले खानेपानीका लागि कमसल इनारमा भर पर्नु परेको छ। सुरक्
खोटाङ्ग,फागुन २७ गते – अवैध लागूऔषध गाँजाको व्यावसायिकरूपमा खेती तथा बिक्री गर्ने खोटाङमा धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेती तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो ।झण्डै ३३ केजी गाँजासहित पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई बुधबार साँझ प्रहरीले सार्वजानिक गरेको छ । राईद्वयलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले दुर्छिमस्थित बतासेघाटबाटदगाँजासहित रंगेहात पक्राउ गरेको हो । बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न गाँजा लुकाएर राखेको छ भन्ने स्थानीयले दिएको सू
वीरगन्ज,फागुन २७ गते – वीरगन्जमा पनि कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ। वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो। बर्डए फलु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वठा कुखुरा मरेका छन् । फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए। जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएक
काठमाडौं,फागुन २७ गते – नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । बैतडीमा नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको हो । चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिएका छन् । जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उनले भने, “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ । सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि
काठमाडौं,फागुन २७ गते – त्रिअविले भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई ुशंकास्पद यात्राु भन्दै फर्काएको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ुशंकास्पद यात्राु भन्दै उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो। अध्यागमनले दुई दिनको अवधिमा ९२४ र २५ फागुनमा० २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए। मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाई गर्न थालेको छ। अध्यागमनका अधिकारीहरुले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन्। फिर्ता हुनेहरुमा दुबई हिँडेका काठमाडौंका शैर
काठमाडौं,फागुन २७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’
काठमाडौँ, फागुन २७ गते – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु(याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी दिनुभयो ।प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिनुभय
काठमाडौं,फागुन २७ गते – सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंक पूँजी, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए । साथै, उनले सेयरधनी, कर्मचारी, नियमनकारीको रोजाइको बैंक बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसन गर्ने बताए । कार्यक्रममा बैंकका ४८ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष श
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.