X wada

मुख्य समाचार

    Showing १,३३१-१,३४० of २,९७२ items.
  • गृहमन्त्री खाँण: स्थानीय निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ

    कपिलवस्तु,चैत्र ९ गते । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दावी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका(५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर ९ सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय) को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंगित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे । गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको ज

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १३५ पटक पढिएको
  • यातायात कार्यालय: देशभरका सेवा अनिश्चितकालका लागि बन्द

    काठमाडौं,चैत्र ९ गते। यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएकोले देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने विभागले जनाउनु भयो । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो 

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १४६ पटक पढिएको
  • मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित

    जनकपुर,चैत्र ९ गते। आजका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको  बैठक पुनः स्थगन गरिएको छ ।सूचना जारी गर्दै प्रदेशसभाको बैठक विशेष कारणवश स्थगन भएको  प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभाको बैठक चौथोपटक स्थगित भएको हो । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित भएका थिए ।फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखह

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १६० पटक पढिएको
  • खाद्य सुरक्षा ऐन कार्यान्वयनमा ढिलाइ

    काठमाडौँ, चैत ९ गते । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ संसद्बाट पारित भएको तीन वर्षभन्दा बढी भइसकेको छ । तर, अझै पूर्ण कार्यान्वयनमा आएको छैन । संविधानअनुसार नागरिकको खाद्य, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नका लागि सरकारले सो ऐन ल्याएको हो । तर, अझै कार्यान्वयनमा आएको छैन ।यसको कार्यान्वयनको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा सङ्घ तथा प्रदेशका विभिन्न सरोकारवालाको सहभागिता थियो । कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य सुरक्षा ऐन बने पनि सम

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १०१ पटक पढिएको
  • रेल्वे अध्यादेश जारी

    काठमाडौँ, चैत ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संस

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १२८ पटक पढिएको
  • ग्रामीण क्षेत्रमा गर्भपतन गराउने औषधि खुलेयाम बिक्री हुँदै

    शिवशङ्कर मिश्रकलैया, चैत ८ गते । बारा जिल्लाको ग्रामीण क्षेत्रमा गर्भपतन गराउन प्रयोग गरिने औषधि अनियन्त्रित रुपमा बिक्री वितरण भइरहेको छ ।सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्री–वितरण गर्न पाउने नियम रहेता पनि बारा जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश औषधि पसलले खुलेयाम बिक्री वितरण गर्ने गरेका छन् ।कलैया, जितपुर, सिमरा, निजगढ, सिम्रौनगढ, कोल्हवी, बरियारपुर, गञ्जभवानीपुरलगायतको ठाउँमा रहेका औषधि पसलमा गर्भपतनका औषधि अन्य सामान्य औषधि जस्तै सहज रुपमा बिक्री वितरण भइरहेको स्थानीयहरुले बताएका छन् ।भारतीय बजारबाट अवैध रुपमा आयत गरिएका मेडावन,

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १४३ पटक पढिएको
  • मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं,चैत ८ गते । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा  ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।सर्व

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १७० पटक पढिएको
  • मुख्यमन्त्री लालबावु राउतका पिताको खानेपानी ‘लाइन कट’

    वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाद्वारा मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतको पिताको नाममा रहेको खानेपानीको लाईन काटिएको छ ।वीरगञ्ज स्थित तेजारथ टोलमा रहेको राउतको निजी निवासमा रहेको खानेपानीको लाईन काट्न नेपाल खानेपानी संस्थानले सूचना जारी गरेको छ ।खानेपानी संस्थान वीरगन्जले सूचना जारी गरी खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सूचिमा राखी लाइन काटिएको उल्लेख गरिएको छ । मुख्यमन्त्री राउतका पिता दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीको १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाले लाइन काट्नु परेको खानेपानी संस्थानले स्पष्ट गरेको छ ।नेपाल विद्युत प्राधिकरणको

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १२२ पटक पढिएको
  • उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

    काठमान्डौं ,चैत ८ गते ।  स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्।राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने( ‘अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो।किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय १२ जनाले जागिर

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १४१ पटक पढिएको
  • प्रचण्ड आज जनकपुर आउँदै

    सिरहा,चैत ८ गते । आसन्न स्थानीयतह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश सम

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२