सिरहा,चैत १२ गते । सिरहाको औरही गाँउपालिका तुलसियाहीमा एमाले पार्टी परित्याग गरी ६० भन्दा बढी कार्यर्कता माऔवादी केन्द्रमा प्रवेश गरेको छ ।
औरही गाँउपालिकाको वडा नं. २ तुलसिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टीको पूर्व तुलसीपुर गा.वि.स.को अध्यक्ष प्रमोद यादबको छोरा निरोज कुमार यादब,खुशिलाल यादब,रुपेश यादब,लालु यादब।मुकोश यादब,जितेन्द्र यादब,राम कुमार मण्डल सहित ६५ जना बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद सुरेश कुमार यादबको अतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै भन्ने माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर नै चलेको छ । सिरहा जिल्लामा मात्र पार्टी प्रवेश नभई विभिन्न जिल्लाकामा पार्टी प्रवेश गर्नेहरुको संख्या कम छैन । यो माओवार्दी केन्द्र जनताको लागी अवाज उठाउने पार्टी हो आउदो चुनाबमा सब भन्दा बढी जित हासिल गर्न जनताको साथ र सहयोग चाहिएको छ ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता गाँउ कमिति अध्यक्ष विन्देश्वर यादबले गर्नु भएको थियो भने उक्त कार्यक्रममा जनताको उल्लेनिय उपस्थिती रहेको थियो ।




















