X Sharama Funecure

मुख्य समाचार

    Showing १,२९१-१,३०० of २,९४७ items.
  • इँटा उद्योगमा बालश्रम

    कपिलवस्तु, चैत १२ गते । कपिलवस्तुका इँटा उद्योगमा बाल श्रमिक प्रयोग हुन थालेपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । जिल्लाका इँटा उद्योगमा बाल श्रमिक देखिएपछि अनुगमन सुरु गरिएको छ । जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको टोली इँटा उद्योगमा पुगेर स्थलगत अनुगमन गरिएको थियो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा रहेका इँटा उद्योगमा अनुगमनका क्रममा बालबालिका प्रयोग भएको देखिएको छ । अनुगमनका क्रममा महाराजगञ्ज नगरपालिकाका नगरउपप्रमुख शुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताउनुभयो ।इँटा उद्योगमा भारतबाट आउने कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अ

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १३५ पटक पढिएको
  • चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

    काठमाण्डौ,चैत ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गरेका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी  माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।  । “माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने,  “देशी विदेशी शक्तिले च

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १४५ पटक पढिएको
  • धनगढीमाईमा निःशुल्क स्वास्थ्य शिविर संचालन

    सिरहा,चैत ११ गते। धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना सिरहा र सि.एम.सी.को त्रिपक्षीय सहयोगमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर संचालन भएको छ । विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा करिव एक सय ८० जनाले उपचार पाएका छन् । आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्ने गरी आयोजित शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित विरामीहरु फेला परेको ओरेक परियोजना कार्यालय लहानका कार्यक्र

    • प्रकाशित मितिः चैत ११, २०७८
    • ४०३ पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यालयमा देउवा विरुद्ध प्रदर्शन

    काठमाडौं,चैत ११ गते  । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले का‌ग्रेक केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १३४ पटक पढिएको
  • चीनका विदेशमन्त्री आज आउनुहुँदै

    काठमाडौँ, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।विदेशमन्त्री वाङको बासस्थानदेखि उहाँ सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको

    • प्रकाशित मितिः चैत ११, २०७८
    • ९५ पटक पढिएको
  • ट्रेडमार्क दर्ताको क्रम बढ्दै

    काठमान्डौं,चैत ११ गते । कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ।विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए। विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १३८ पटक पढिएको
  • डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

    बर्दिवास,चैत ११ गते । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध  जाहेरी दिएका थिए ।चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका प

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १३७ पटक पढिएको
  • वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध मुद्दा दर्ता

    हुम्ला, चैत १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हुम्लाको सर्केगाड गाउँपालिका –३ का वडाध्यक्ष गजबहादुर रावत र तत्काली प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।अख्तियारले आठ लाख रुपियाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले वडाध्यक्ष रावत‚

    • प्रकाशित मितिः चैत ११, २०७८
    • २४३ पटक पढिएको
  • बल्ल खोजिँदै ट्राफिक बत्तीको मापदण्ड

    काठमाडौँ, चैत ११ गते । नेपालमा ट्राफिक लाइट ९बत्ती०को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउनुहुन्छ । “कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १२३ पटक पढिएको
  • भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

    रौतहट,चैत १० गते । प्रहरीले भाउजु हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका(२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • १३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२