लहान,चैत २० गते । महिला पुर्नस्थापना केन्द्र ओरेकले ३१ औं स्थापना दिवस मनाएको छ । शनिवार ओरेक परियोजना कार्यालय सिरहाले लहान स्थित पशुपति माबिको प्राँगनमा एक कार्यक्रमबीच मनाएको हो ।
ओरेककी आजिवन सदस्य तथा महिला मानव अधिकार रक्षकहरुको केन्द्रिय संजालको संयोजक श्याम साहको अध्यक्षता तथा लहान नगरपालिका उपप्रमुख सरियार चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन ओरेक परियोजना कार्यालय सिरहाका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले गर्नु भएको थियो ।
महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार ः सामाजिक रुपान्तरणको आधार’ भन्ने नाराका साथ राष्ट्रव्यापी अभियानको शुभारम्भबारे परियोजना संयोजक शर्मिला निरौलाले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय महाधिवेसन प्रतिनिधि जिवछी यादव, जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य ललिता दास, नेकपा माओवादी जिल्ला कमिटि सदस्य रिक्मा विश्वकर्मा, समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य चुन्नु चौधरी, मानव अधिकार रक्षक संजाल सिरहाको संयोजक देवराज पोखरेल, महिला सामुदायिक संस्थाका प्रतिनिधि, किशोरी समुह, महिला समुह लगायतका उपस्थिति रहेको थियो ।
यस अघि ओरेकको कार्यालयमा ओरेकले गरेको कामलाई सँगालो प्रर्दशनी गरी शुक्रबार मनाएका छन् । प्रर्दशनीमा ओरेकले काम गर्ने महिला हिंसा विरुद्धको अभियान, आर्थिक समाजिक र साँस्कृतिक अभियान र मानव अधिकार तथा समाजिक न्याय तीन वटै अभियानले गरेको कामबारे फोटो, पोस्टर, जडिबुटी, घट्नाहरुको तथ्याँक सहितको प्रस्तुतिकरण थियो ।
प्रर्दशनीमा सरोकारवाला निकाय, महिला सामुदायिक संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, बिद्यालय तथा कलेजका विद्यार्थीहरु सहभागी भएका थिए ।




















