सिरहा,चैत २० गते । हुरी बतासको मौसम शुरु भए संगै सिरहा सहितका वन क्षेत्र कयौ वन–जंगलमा फेरि डढेलो रोक्न डिभिजन वन कार्यालय सिरहा,लहानले सक्रिय भुमिका खेलेका हुन ।
डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासका अनुसार यस पालि यस जिल्लामा न्यून मात्रमा डढेलोबाट क्षती हुने बताएका छन् ।
दासका अनुसार हामी कहाँ भएका स्रोत साधान प्रयोग गरी हाल सम्म जिल्लाका दुई स्थामा करिब डेढ हेक्टर वन लागेको डढेलो समयमै नियन्त्रण गरी क्षतीहुनबाट बचाएका हुन ।
सुख्खा यामसंगै वन–जंगलमा डढेलो लाग्ने क्रम बढेको छ तर यसपटक वन–जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्ने काम बढि प्रभावकारी रहेको बताए ।
स्थानिय स्तरमा जन चेतना तथा विभिन्न संचार माध्यमबाट प्रचार प्रसार,म्याकिङ्क लगाय कार्यहरु संचालनमा रहेका छ ।
हाल सम्म सिरहा जिल्लामा राष्ट्रिय वन क्षेत्र न्यून रहेपनि १०५ वटा सामुदायिक वनहरु दर्तामा रहेको छ ।




















