सिरहा,जेठ १४ गते । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचि
सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज सम्पन्न कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा निर्वाचित भएका महिला सदस्यहरुमा नेपाली कांग्रेसबाट कल्याणी देवी पासमान, ज्ञान कुमारी चौधरी, देव माया आले, संगिता कुमारी साह र नेकपा माओवादी केन्द्रका अनिता देवी राम विजयी भएका छन् । त्यस्तै अल्पसंख्यक÷दलित सदस्यहरुमा (खुल्लातर्फ) माओवादी केन्द्रका सतिलाल सदा, टिकाराम विश्वकर्मा तथा नेपाली कांग्रेसबाट दिलिप कुमार राय (अमात) विजयी भएका हुन् ।सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धन
सिरहा,जेठ १४ गते । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।
सिरहा,जेठ १४ गते । जिल्ला प्रशासन सिरहाले सदरमुकामकै १० वटा कार्यालय अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयका भवेश कुमार झा र हरिकिशोर प्रसाद चन्द्रवंशी सहितको टोलीले शुक्रबार जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा सहित १० कार्यालय १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको होे।सदरमुकामै कार्यालयहरुमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरेको छ।‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइ
दमक, जेठ १४ गते । झापाको मेचीनगर क्षेत्रमा केही दिनयता लगातार हात्तीको बथान पस्न थालेपछि स्थानीयवासी त्रसितभएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीय त्रसित हुनुपरेको हो ।हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार भारततर्फबाट दैनिक ५० देखि सयको सङ्ख्यामा बथान बनेर जङ्गली हात्ती बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । विद्युतीय घेराबारासमेत तोडेर हात्ती प्रवेश गरेपछि किसानको अन्नबाली नोक्सान गरेको र हात्ती नियन्त्रणमा समस्या भइरहेको जनाइएको छ । मेचीनगरको वडा नम्बर १ र ४ मा पर्ने क्षेत्रमा भारतबाट दैनिक हात्तीको बथा
कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका जाजरकोट जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकाय जाजरकोट, जेठ १४ गते । जाजरकोटमा कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।ज्ञानबहादुर घर्तिको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जगविलाल रोकाय विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत जाजरकोटले २०५४ साल वैशाख २७ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकेको थियो तर रोकाय फरार थिए । जाजरकोट प्रहरीले जेठ १२ गते विहीवार बेलुका आफनै
सिरहा,जेठ १४ गते । दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णहरू मध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ ग
काठमाडौँ, जेठ १३ गते । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ । जनप्रतिनिधिले पाउने स
सुप्तरी,जेठ १३ गते । सप्तरीको राजविराजमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा बिहीबार राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी दिएको छ । अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित रामपुरामा सप्तकोसी नदीको भङ्गालो पसेर आएको बाढीको दृश्य देखाइएको थियो । बाढीले डुबानमा परेका व्यक्तिलाई जोगाउन
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.