सिरहा,जेठ २३ गते । नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिकामा ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध गतिविधिमा लाग्ने केही व्यक्तिहरुलाई नगर कार्यालयले गरेको कार्वाहीलाई आइतबार बसेको नगर समितिले अनुमोदन गरेको छ ।

जेठ २२ गते अध्यक्ष क. प्रकाश योन्जनको अध्यक्षता र केन्द्रीय सदस्य हरि नारायण चौधरीको प्रमुख आतिथ्यतामासम्पन्न बैठकलेनगर तथा वडा समितिहरुको कार्वाहीको निर्णय अनुमोदन गर्दै , केही नगर समितिका कमरेडहरुको जिम्मेवारी बाडफाडगरी स्थानीय तहको सरकारको समिक्षा समेत गरेको छ । 

समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि गाउँ कमिटी इन्चार्जहरुमा वडा नं. ५ मा शरुण मोक्तान, वडा नं. ४ मा राजकुमार चौधरी, वडा नं. ९ मा सकिल अख्तर, वडा नं. ८ मा देवनारायण महतो, जेष्ठ कम्युनिष्ट मंचका अध्यक्षमा सूर्यमान तामांग लगायतलाई जिम्मेवारी तोकिएको नगर समितिका अध्यक्ष प्रकाश योन्जनले वताउनुभयो । बैठकले नगरपालिकाको सबै वडामा पार्टीको छलफल, बैठक लगायत बाँकी रहेको कामलाई स्थानीय सरकारको सहकार्यमा का कामलाई तीब्र गतिमा लैजाने निर्णय समेत गरिएको छ । 

अन्य व्यक्तिसँगै कार्वाहीमा परेका नगर समितिका उपाध्यक्ष बुद्धिलाल चौधरीले पार्टीको विधानले बरिष्ठ उपाध्यक्ष कल्पनै नगरेको पदको नाममा पार्टीको लेटर प्याड र छाप प्रयोग गरी गलत किसिमले दुष्प्रचार गरेको प्रति नगर समिति गम्भीर रुपमा लिदै सो विषयमा माथिल्लो सम्बन्धित निकायहरुमा कार्वाहीको लागि लिखित र मौखिक जानकारी समेत गराइसकिएको वताइएको छ । 

नगर समितिका अध्यक्ष प्रकाश योन्जनद्वारा जेठ ११ गते जारी विज्ञप्तिमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी गतिविधि विपरित गतिविधि गरेको भन्दै माओवादी केन्द्र धनगढीमाई नगर समितिले प्रदेश सम्मेलन समितिका किसुन मण्डल, श्रीप्रसाद यादव, नगर सल्लाहकार समितिका कुसुम कुमार मोक्तान, जेष्ठ कम्युनिष्ट मंचका अध्यक्ष सिंहेश्वर महतो, नगर समिति उपाध्यक्ष बुद्धिलाल चौधरी, नगर समिति सदस्यहरु रामनाथ महतो, गणेश कुमार मोक्तान, सुरेश कुमार महतो, सोमबहादुर लामा र बलिराम यादव, नगर सल्लाहकार समितिका सचिव चन्द्रदेव यादव लगायतलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको थियो । नगर समितिले कार्वाहीको जानकारी पार्टीको जिल्ला समन्वय समिति, सिरहा र केन्द्रीय कार्यालयमा बोधार्थ समेत पठाइसकिएको जनाइएको छ । 

21