सिरहा,जेठ २१ गते । सिरहाका अघिकांश स्वास्थ क्लिनिकहरुमा खुलेयाम लिङ्ग (गर्भ)परिक्षण भई रहेको भएपनि नियमनकारी निकाय मौन बसेको छ ।
अधिकांश क्लिनिकहरुमा लिंग पहिचान गरेर गर्भपतन (भु्रण हत्या) गर्ने क्रम बढेको छ । छोराको अकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउँछन । यति बेला मिर्चैया, सिरहा, गोलवजार र लहान लगायतका ठाँउमा लिंङ्ग पहिचान गरी भु्रण हत्या फस्टाएको हो । स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको छ ।
श्रोतका अनुसार सिरहा जिल्लाका अधिकांश स्वास्थ क्लिनिकहरुमा अबैध सम्वन्धबाट रहेको गर्भपतन गराउनेहरुको संख्या उती नै रहेको छ । उनीहरुबाट क्लिनिकका संचालकहरु ३ महिनासम्मको गर्भ पतन गरे वापत १० हजार देखी १२ हजार सम्म लिने गरेको श्रोतको दाबी रहेको छ ।
लिङ्ग परिक्षण कानूनी रुपमा प्रतिवन्ध भए पनि सिरहाको मिर्चैया,लहान, सिरहा लगायतका ठाँउमा खुल्लेयाम रुपमा छोरा छोरी छुट्याउन मान्छे हेरी हेरी तिन हजार देखी पाँच हजार सम्म लिई छुट्याउने गरेको नाम प्रकाशन नगर्ने शर्तमा एक महिला पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताईन ।
इलाका प्रहरी कार्यालय मिर्चैया सँगै टासिएको डा.विष्णु साहको क्लिनिक,गोलवजारका निजि क्लिनिकहरु, लहानका हरि कल्याण क्लिनिकमा अवैध रूपमा दिन्हु दर्जन भन्दा बढीको लिंग पहिचान भइरहेको छ ।
मिर्चैया,गोलवजार र लहानमा धनुषा,महोत्तरी, सप्तरी लगायत छिमेकी देश भारतका विभिन्न जिल्लाका महिलाहरु लिंग परिक्षणका लागी भिडियो एक्सरे( अल्ट्रासाउण्ड) गराउने गरेका हुन ।

मिर्चैयामा डा.विष्णु साहको क्लिनिकमा महिला डाक्टरले अनुभवको भरमा रेडियो लोजिस्टको काम गर्दै आएका छन । लिंग पहिचान गर्न मिर्चैया परिचित भएको छ । लिंग पहिचान गरिए पनि डाक्टरले रिपोर्ट भने दिने गरेका छैन । परिक्षण गरे वापतको रकमको विल नै नदिएको जनाइएको छ ।




















